
चितवनःमानब स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमीत योग गर्न सरोकारवालाहरुले जोड दिएका छन् । छैठौ राष्ट्रिय योग दिवसको अबसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि संघ चितवनले यहाँ आज आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले नियमीत योग गर्नु पर्नेमा जोड दिएका हुन ।
योग अभ्यासलाई नियमीत गर्ने बानि बसाल्न सके शरिर स्वथ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि वढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले योग प्रति जनविश्वास वढेको छ । यसलाई नियमीत गर्नु राम्रो हुन्छ ।”
योगले शरिर र मस्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले योगको प्रचार प्रसार गरेर आम नागरिक सम्म उपयोगिताको बारेमा जानकारी गराउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी प्रमुख डा. कोपिला अधिकारी, पतञ्जली योग समितिका केन्द्रिय सदस्य बिष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद ओस्ती, डा. चन्द्रकान्त ज्ञावली लगाएतले योगको महत्वको बारेमा बोल्नु भएको थियो ।