माघ तीन गते चितवनमा काँग्रेसका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

चितवनः नेपाली काँग्रेसले माघ तीन गते गर्न लागेको बिरोध प्रदर्शन चितवनका सात स्थानीय तहमा गर्दे छ । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार जिल्लामा रहेका सात स्थानीय तहहरुमा प्रदर्शन गर्न लागिएको हो ।

राप्ती नगरपालिकाको भण्डारा, खैरहनीको पुरानो पर्शा, रत्ननगरको बकुल्लहर, भरतपुर महानगरको सारदानगर, कालिकाको पदमपुर हाइस्कुल चोक, माडीको बसन्तपुर र ईच्छाकामनाको मुग्लिन बजारमा प्रदर्शन गर्ने तयारी गरिएको छ । श्रेष्ठका अनुसार जिल्लाका स्थानीय तहहरुमा हुन लागेको प्रदर्शनमा भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राप्ती र रत्ननगरमा महेश आचार्य र खैरहनीमा धनराज गुरुङ्ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्य स्थानीय तहमा कस्ले कहाँ सम्बोधन गर्ने भन्ने बिषय टुङ्गी नसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको छ । सरकारले असंबैधानीक कदम चालेको भन्दै काँग्रेस जनताको माझमा गएको हो । यस अघि काँग्रेसले प्रतिनिधि सभा क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer