चितवनः मापदण्ड बिपरित भवन वनाएको भन्दै सर्बोच्च अदालतले भरतपुर महानगरपालिका संग जवाफ माग गरेको छ । हानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय बनाउने बिषयमा विवाद हुँदा हुँदै भवन बनाउन खोज्दा मापदन्ड बिपरीत भवन बनाएको भन्दै सर्बोच्च अदालतमा रिट परेको थियो । रिट माथि वहकशका क्रमा अदालतले भरतपुर महानगरपालिकासंग जवाफ मागेको हो ।

साथै जबरजस्ती भवन नबनाउन पनि आदेशमा भनिएको छ ।भरतपुर महानगरपालिकाले वडा नम्बर ५ को शान्तीचोक स्थित नारायणपुरमा अन्डर ग्राउन्ड सहित तीनतले कार्यालय भवन नियम बिपरीत बनाउन खोजेको भन्दै स्थानिय बिष्णुहरी खनियॅा सहितले सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा सुनुवाई गर्दै सर्बोच्च अदालतले अन्तरिम आदेश जारी किन नगर्ने भन्दै १५ दिन भित्र जवाफ दिन महानगरपालिकालाई पत्रचार गरेको छ।रिट निबेदको तर्फबाट बरिष्ठ अधिबक्ता गोपालकृष्ण घिमिरे र अधिबक्ता राजेन्द्र अधिकारीले बहस गर्नुभएको थियो ।

भवनको शिलान्यास केहीदिन पहिले महानगर प्रमुख रेनु दाहालले गर्नु भएको थियो । उहाँले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण ब्यावसायीलाई निर्देशन पनि दिनुभएको थियो । जग खन्ने क्रममा ५ फिटमै पानी निस्कीएको थियो । उक्त ठाउँमा माटो परिछण पनि गरिएको छैन।महानगर आँफै ले मापदन्ड नपुगेपनी भवन बनाउन कार्यपालिका बैठकबाट पास गरेको छ।
एक करोड ८७ लाखको लागतमा निर्माण हुन लागेको अन्डरग्राउन्ड पार्किङसहित ३ तलासम्म निर्माण हुने वडा कार्यालय भवनमा १० वटा कोठा रहने बताईएको छ ।उक्त भवन एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कस्मिक कन्स्ट्रक्सनले जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !