चितवनः भरतपुर महानगरपालिकाको सातौ नगरसभाले रु ५६ करोड ४२ लाख २५ हजारको पुरक वजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा रहेको सो वजेट सहित ४ अर्ब ७२ करोड ७ लाख १४ हजार बजेट बिनियोजन भएको हो ।
यस अघि छैठौ नगरसभाले रु ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार वजेट बिनियोजन गरेको थियो । नगरसभा पछि आज आयोजित पत्रकार सम्मेलनमा सातौ नगरसभामा पूरक वजेट ल्याईएको जानकारी दिइएको हो । महानगरले अहिले १ सय ३० वटा आयोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र गत आर्थिक वर्षमा १ सय १८ वटा आयोजना मध्ये ९० वटा आयोजना सम्पन्न भइ सकेको बताएको छ । अन्य आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको जानकारी दिईएको थियो ।
महानगरले सातवटा आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि सारेको सो अबसरमा जानकारी दिईयो । जसमा भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदी किनारमा सि बिच मोडेलमा विकास, यातायात कार्यालय स्थापना, खानेपानी आयोजनाहरु, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर, कृषि विकासका लागि यान्त्रिककरण रहेको सो अवसरमा जानकारी दिइयो ।
महानगरको सक्रियता र समन्वयमा हुलाकी सडकको स्तरोन्नती, भरतपुर बिमानस्थल बिस्तार, चौबिसकोठी मेघौली सडक खण्ड निर्माण र मर्मत, सिटिहल निर्माण, पुलचोक गोन्द्राङ ६ लेन सडक निर्माण, स्मार्ट सडकबत्ती जडान, महानगरीय रिङरोड निर्माण जस्ता कामहरु भइरहेको पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
सडक निर्माण तर्फ महानगरले गएको तीन वर्षमा १ सय ८५ किलोमिटर सडक नयाँ कालोपत्रे गरेको छ भने १ सय ७५ किलोमिटर कालोपत्रे मर्मत र पुनः कालोपत्रे गर्ने काम गरेको दाहालले जानकारी दिनुभयो । यस्तै प्रदेश र संघीय सरकारको बजेटबाट ९० किमी सडक कालोपत्रे गरिएको २१ किमी कालोपत्रे मर्मत गरिएको छ । यसैगरी ४ सय किमी सडकमा ग्राबेल, १ किमी सडकमा ढलान गरिएको सो अवसरमा जानकारी दिइयो ।
महानगर भित्रको ९५ किमी रिङरोड र लिङ्करोडको काम अघि बढेको दाहालले बताउनुभयो । हाल सम्म महानगरभित्र १८ वटा वडाको कार्यालयहरु निर्माण र मर्मत गरिएको, चालु आर्थिक वर्षको हाल सम्म १२ हजार ८७ पशुहरुमा कृत्रिम गर्भाधान गराइएको, कक्षा ११ र १२ मा विज्ञान बिषय अध्यापन गर्ने बिद्यार्थी संख्याको आधारमा ५ वटा बिद्यालयलाई बिद्यालय बस खरिदका लागि रु २०÷२० लाख बजेट बिनियोजन गरीएको सो अवसरमा जानकारी दिईएको थियो ।
कोरोना कहरको समयमा कोरोना अस्पताल सञ्चालनका लागि अनुदान, आइसोलेसन व्यवस्थापन र क्वारेन्टिन व्यवस्थापनका लागि रु ४ करोड खर्च भएको महानगरले जनाएको छ । यस्तै महानगरले श्रावणदेखि मंसिर मसान्तसम्म इन्धनमा रु ४२ लाख, सवारी साधन मर्मतमा रु २१ लाख र घर जग्गा भाडा बापत रु १५ लाख १९ हजार खर्च गरेको छ ।
दाहालले महानगरको दिगो विकासका लागि केन्द्रको राजनैतिक अस्थिरताले असर नगर्ने बताउनुभयो । सबै वडा अध्यक्षहरुसँग समन्वय गरेर बिकास कार्यक्रमहरु अघि बढाइएको उहाँको भनाई थियो । महानगरका आयोजनाहरुमा सबै गुरुयोजना अनुसार काम भईरहेको उहाँले जानकारी दिनुभयो । संघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा कामहरु अघि बढिरहेको भन्दै उहाँले कृषि क्षेत्रको उत्थानका लागि समेत महानगर लागि परेको बताउनुभयो ।
सातौ नगरसभाको पूर्णपाठ हेर्नुस्
भरतपुर महानगरपालिकाको सातौ नगरसभामा नगर प्रमुख श्री रेनु दाहालज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७र०७८ को
नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समिक्षात्मक प्रस्तुति
नगर उपप्रमुखज्यू,
एवं नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू,
प्रमुख प्रशासकीय अधिकृतज्यू,
उपस्थित सम्पूर्ण कर्मचारीहरू ।
ज्ञ। नेपालको संविधानले परिलक्षित गरेको संघीय शासन प्रणाली अनुरूप स्थानीय सरकारका रूपमा भरतपुर महानगरपालिकाले सफलतापूर्वक गरिमामय सातौं नगरसभासम्मको यात्रा पूरा गरिसकेको यस घडीमा छैटौं नगरसभाबाट पारित चालु आर्थिक वर्ष २०७७रण्ठड को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको समीक्षा प्रस्तुत गर्न पाउँदा गौरबको अनुभूति गरेको छु।
द्द। अब म यस गरिमामय सभा समक्ष चालु आर्थिक वर्ष २०७७रण्ठड मा भरतपुर महानगरपालिकाले तय गरेका बार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको हालसम्मको अवस्था तथा विकास निर्माण एवं सुशासन प्रवर्द्धनको क्षेत्रमा भएका मुख्य(मुख्य कार्यहरूको कार्यान्वयनको अवस्था र प्रगति प्रस्तुत गर्न चाहन्छु ्र
घ। राजस्वतर्फ स्
१ चालु आ।व। द्दण्ठठरण्ठड को लागि कूल राजस्व रू। घ अर्ब घज्ञ करोड टद्ध लाख डढ हजारमध्ये आन्तरिक श्रोत तर्फ रू। ढण् करोड अनुमान गरिएको थियो । उक्त आन्तरिक राजस्वका श्रोतका शीर्षकहरूमा मुख्य रूपमा घर वहाल करतर्फ रू। ड करोड, नक्सा पास दस्तुरतर्फ रू। ठ करोड द्दण् लाख, एकीकृत सम्पत्ति करतर्फ रू। द्ध करोड, व्यवसाय दस्तुरतर्फ रू। ट करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रू। ठ करोड, अन्य क्षेत्र आय रू। द्धण् करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टी लगायतका बिक्रीबाट जम्मा रू। ट करोड डण् लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएकोछ ।
२ मिति २०७७ साल पौष २३ गतेसम्म महानगरपालिको आन्तरिक राजस्व रू २२ करोड २७ लाख ९९ हजार १४ रूपैयाँ सङ्कलन भएको छ । जुन गत आ।व।को सोही अवधिको तुलनामा ४।४१ प्रतिशत अर्थात् रू। ९८ लाख ३३ हजार ४३६ सय ४६ ले कमी हो ।
३ विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ को प्रभाव लगायतका कारण महानगरपालिकाको आन्तरिक आयमा केही कमी आएको छ । यद्यपी यस अवधिसम्मको आन्तरिक आयको तथ्याङ्कलाई विश्लेषण गर्दा निराशाजनक अवस्था भने देखिंदैन ।
४ चालु आ।व। को बाँकी अवधिमा लक्ष्य अनुसार राजस्व असूलीका लागि साना(ठूला करदातको सूचीकरण, वडामा स्थलगत रूपमा कर शिक्षा र स्थलगत रूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्था जस्ता उपायहरू अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै करदातामैत्री प्रणाली विकास मार्फत् करको लक्ष्य हासिल गर्न सकिने अवस्था छ ।
द्ध। आर्थिक प्रशासनतर्फः
ज्ञ। चालु आ।व। व्ययतर्फ हालसम्मको वित्तीय प्रगति चालुतर्फ द्दठ।टड र पूँजीगततर्फ २१।१५ प्रतिशत रहेको छ । हालको अवस्थामा सन्तोषजनक मान्न नसकिए पनि निराशाजनक अवस्था नरहेको जानकारी गराउन चाहन्छु ।
द्द। राजश्व र व्ययको अवस्था र सुधारका उपायहरू आदरणीय उपप्रमुखज्यूबाट प्रस्तुत हुने ।
घ। पूरक बजेटमा विस्तारमा प्रस्तुत गरिनेछ ।
पूर्वाधारतर्फ
गौरवका आयोजनाहरू
महानगरपालिका आफ्नो लगानीमा सञ्चालन भएका योजनाहरुः
भरतपुर मेट्रो ल्पाजा
भरतपुर महानगरपालिका वडा नं। ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा एएए ःयमभ िमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ । निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ्र
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला
देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ ्र महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रू। ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आ।व। मा रू। ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ । क्रिकेट रङ्गशाला परिसरमा हालै राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ ्र यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ ।
खानेपानीतर्फ
नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सह(लगानीमा शारदानगर खानेपानी आयोजनाका लागि रू। टद्द करोड, भरतपुर ज्ञज्ञ को जखडीमाई खानेपानी आयोजनाका लागि रू। घठ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि रू। द्दट करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि रू। ज्ञड करोड, मेघौली खानेपानी आयोजनाको लागि रू। ज्ञड करोड, धनगढा खानेपानी आयोजनाका लागि रू। द्दज्ञ र गीतानगर खानेपानी आयोजनाका लागि रू। छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि रू। घ करोड छण् लाख, पटिहानी खानेपानी आयोजनाको लागि रू। छ करोड, देवनगर खानेपानी आयोजनाको लागि रू। घ करोड छण् लाख, शिवनगर खानेपानी आयोजना रू। ज्ञड करोड, चौकीडाँडा खानेपानी ९लिफ्टिङ्ग० आयोजना गरी द्द अर्ब द्धज्ञ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन् । यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने अपेक्षा लिइएकोछ ।
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकास लगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ ।
कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रमः
सामुहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि तथा रोजगारी सृजना हुनुका साथै आयात प्रतिस्थापन हुने विश्वास लिइएको यस कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ । यस अन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन् ।
नारायणी नदी किनारलाई विकास गर्ने
भरतपुर महानगरपालिकाको वडा नं। १ र ३ को नारायणी नदी किनारालाई क्भब द्यभबअज मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनको लागि सहित गत आ।व।मा महानगरबाट रू। १ करोड रकम खर्च भई फुटपाथ बनेको तथा यस आ।व।मा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ ्र
यातायात कार्यालय स्थापना सम्बन्धी कार्य
यातायात कार्यालयको स्थापनाको लागि महानगरपालिकाको तर्फबाट म्एच् तयारी कार्य अगाडी बढेको छ । यस कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
महानगरपालिकको सक्रियता र समन्वयमा निर्माण गरिएका योजनाहरुः
हुलाकी सडक
हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको छ मि। सडकलाई ७ मि। कालोपत्रे बनाउने र बाँकी ट कि।मि। सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।
भरतपुर विमानस्थल
भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यक समेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ । यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिएको छ ।
चौबिसकोठी मेघौली सडकखण्ड ९सहायक राजमार्ग० (
चौबिसकोठी ( रामपुर चनौली ( मेघौली सडकखण्डमध्ये हालसम्म रामपुर ( चनौलीखण्ड निर्माण सम्पन्न भएको छ ्र साथै चनौली ( मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ ्र
सिटी हल
महानगरको गौरवको योजनाको रूपमा रहेको सिटीहल निर्माणको लागि रू 88 करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ ।
पुल्चोक गोन्द्राङ ६ लेन सडकः
सडक विभागबाट निर्माणाधिन यस सडकको रू। ज्ञ अर्ब ज्ञद्द करोडको ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ । यस सडकको निर्माणबाट आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुनेछ । साथै सहरी विकास कार्यालयमार्फत् लक्ष्मीनारायण मन्दिर, रानीपोखरी पार्क, विरामी कुरूवा घर, भरतपुर केन्द्रीय बस टर्मिनल गरी रू। घज्ञ करोडको काम अन्तिम चरणमा पुगेका छन् ।
ट। स्मार्ट सडकबत्तीः
महानगरपालिकाको पहल र २०५ लागत सहभागितामा रू। २० करोडको लागतमा निर्माणाधिन यस योजनामा नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको छ ।
ठ। महानगररीय रिङरोडः
करिब ढछ कि।मि। महानगरीय रिङ्गरोडको लागि सडक विभागबाट म्एच् तयार भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ज्ञज्ञ।छ कि।मि। सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ । सडक विभागबाट यही आ।व।मा रिङ्गरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ । रिङ्गरोडको केही खण्ड महानगरको बजेटबाटसमेत स्तरोन्नति गरिएको छ ।
अन्य कार्यक्रमहरुः
ज्ञ। जनप्रतिनिधिहरूको बहाली २०७४ साल श्रावण पश्चात् २०७७ साल असार मसान्तसम्ममा सम्पन्न भएका कामको प्रगति समेटिएको पुस्तक तयार गरी यसै सभा समक्ष प्रस्तुत भएको छ । यसबाट यस अवधिमा वडा र महानगरपालिका तथा संघ र प्रदेशबाट प्राप्त बजेटबाट भएका कामको जानकारी हुने विश्वास लिएको छु ।
द्द। महानगरमा हुनसक्ने विपद्को तत्काल जानकारी लिने र सोको व्यवस्थापन गर्नको लागि महानगरमा आपत्कालिन कार्य सञ्चालन केन्द्रको स्थापना यही अवधिमा भएको छ । यसबाट समन्वयात्मक रूपमा विपद्को तत्काल व्यवस्थापन गरी जनधनको नोक्सानी हुनबाट रोक्ने विश्वास लिइएको छ ।
घ। नागरिकमैत्री सेवाको लागि सूचना प्रविधि पूर्वाधार विकास एवं सुशासन प्रवर्द्धनको लागि महानगर परिसरमा मुख्य प्रशासकीय भवन निर्माणको म्एच् तयारी भई भवन निर्माणको लागि नक्शा पास तथा शिलान्यासको प्रकृया अगाडि बढेको ।
द्ध। महानगरपालिकाको अग्रसरतामा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाबाट सञ्चालन भएका गौरवका १२ वटै आयोजनाहरूको प्रगति सन्तोषजनक छ । यी आयोजनाहरूबाट महानगरको पश्चिम क्षेत्रको आर्थिक क्रियाकलापमा व्यापक वृद्धि भई जीवनस्तरमाथि उकासिने विश्वास गरिएको छ ।
छ। आकस्मिक मर्मत सम्भारका लागि प्रत्येक वडाबाट प्राप्त ३ वटा योजनाको लागत अनुमान तयार गरी कार्यान्वयनको प्रकियामा रहेका छन् । महानगरपालिकाको आन्तरिक रू। ६ करोड ९२ लाखका २२ वटा योजना र सडक बोर्ड नेपालको संयुक्त लगानीमा रू। २ करोड ३५ लाखबाट ८ वटा सडक मर्मत योजना स्वीकृत भई कार्यान्वयनको चरणमा छन् । यसबाट करिव ४० कि।मि। सडक मर्मत हुनेछ ।
ट। गत आ।व। का क्रमागत एवं भुक्तानी हुन बाँकी योजनाहरूमा कुल रकम रू। ८५ करोड अनुमान रहेकोमा जम्मा द्धठ करोड रूपैया मात्र भुक्तानी भई धेरै योजना अझै सम्पन्न हुन नसकेको अवस्थामा रहेको छ । यसले गर्दा हाम्रो कार्य सम्पादन क्षमता न्यून रहेको देखिनुका साथै चालु आ।व।का आयोजना कार्यान्वयनमा समेत बाधा पुग्ने देखिन्छ ।
ठ। निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संघीय संसद सदस्यको १६ वटा र प्रदेश सदस्यका ४६ वटा गरी कुल ६२ योजना स्वीकृत भई लागत अनुमान तयार गर्ने र सम्झौता गर्ने काम भइरहेको छ।
ड। तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत गत आ।व।मा वडा नं। १३ र ज्ञट मा ज्ञण्रज्ञण् वटा घर निर्माण गर्ने कार्य सम्पन्न भएकोछ भने यस आ।व। द्दण्ठठरण्ठड मा वडा नं। १४, १६, २२, २३ र २८ मा २५र२५ लाख र महानगरपालिका र स्थानीय समितिको ५ लाख बजेटबाट सम्झौता भई निर्माणको चरणमा रहेको छ ्र
ढ। भवन निर्माणतर्फ महानगरपालिकाबाट १ हजार वर्ग फिटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सापासका लागि प्राप्त ६४९ मध्ये १८६ वटा भवनको नक्शा पास भइसकेको छ । त्यसैगरी २५० वटा भवनको प्रथम चरणको नक्शा पास भएको छ भने ६६६ वटा भवनको निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराइएको छ । यी सबै कार्यबाट महानगरपालिकाले रू। १ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ ।
ज्ञण्। आजका मितिसम्म महानगरपालिकाको बजेटबाट ज्ञघण् वटा भन्दाबढी आयोजानहरू सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् भने वडास्तरीय बजेटबाट सञ्चालन गर्ने भनिएका अधिकांश आयोजनाहरू सम्झौता भई निर्माणको चरणमा रहेका छन् ।
ज्ञज्ञ। प्रदेश सरकारबाट समपूरक अनुदान स्वरूप प्राप्त रू। ३ करोड र महानगरको रू। ४ करोड थप गरी जम्मा रू। ७ करोड लागतमा घ वटा आयोजनाहरूको टेण्डर भई सम्झौता चरणमा रहेको छ ।
ज्ञद्द। संघीय सरकार समपूरक अनुदान प्राप्त बजेटबाट वडा नं। ७ मा साइकल लेन, ढल तथा फुटपाथ सहितको सडक र वडा नं। १३ मा पक्की सडक निर्माण कार्य भईरहेको छ ्र
ज्ञघ। महानगरपालिकाबाट गत आ।व।मा टेण्डर भएका ज्ञज्ञड वटा आयोजनामध्ये ढण् वटा आयोजनाहरू सम्पन्न भइसकेका छन् भने बाँकी द्दड वटा आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । यस आ।व। मा हालसम्म छढ वटा आयोजनाहरू टेण्डर भइसकेको छ ।
ज्ञद्ध। भरतपुर महानगरपालिकाले ज्ञड वटा वडा कार्यालयहरू नयाँ निर्माण, मर्मत र स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याएको छ ।
प्रशासनरजनशक्ति विकासतर्फ
ज्ञ। चालु आ।व। को यसअवधिमा महानगरपालिकाका १४७ जना जनप्रतिनिधिहरू र ५९९ जना कर्मचारीहरूको कोरोना बीमा गरिएको छ ्र
द्द। महानगरपालिकामा रिक्त रहेका प्राविधिकरअप्राविधिक सेवाका अधिकृतस्तर छैठौं तहसम्मका १४घ जना दरबन्दीमा स्थायी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा माग गरी पठाइको छ ।
घ। उद्यम विकास सहजकर्ता छनौट गरी जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्थापन कामका लागि २० जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको छ ।
द्ध। यस अवधिमा विभिन्न किसिमका तालिम, गोष्ठी, सभा र सेमिनारमा भर्चुअल माध्यामबाट जनप्रतिनिधि एवं कर्मचारीबाट सहभागिता जनाइएको छ ।
कृषितर्फ
ज्ञ। चिस्यान सहितको प्याकिंग हाउस निर्माण, साना किसानहरूलाई कृषि ऋणमा व्याज अनुदान, चैते धान प्रवर्द्वन कार्यक्रम, एक वडा एक फलफूलरतरकारीरपुष्प नर्सरी स्थापना, डिप बोरिङ्ग निर्माणरनहर कूलो मर्मत कार्यक्रम, लगायतका १५ वटा स्वीकृत कार्यक्रमहरूको मिति २०७७र९र१ र २०७७र९र१२ मा सूचना प्रकाशन गरी काम अगाडि बढाइएको छ ्र
द्द। गत आ।व।को कृषि क्षेत्रको क्रमागत योजनाहरू सम्पन्न हुने क्रममा रहेका छन् ्र
घ। नेपाल सरकार सशर्त अनुदानतर्फ कृषि सहकारी संस्था मार्फत् भरतपुर महानगरपालिका वडा नं। २१, पार्वतीपुरमा खाद्य गोदाम घर निर्माण सहयोग लागत साझेदारीमा कार्यक्रम सम्झौता भई निर्माणको क्रममा रहेको छ ्र
पशु विकासतर्फ
ज्ञ। यस अवधिमा १० हजार ७ सय ४२ गाई, १ हजार २ सय ८६ भैंसी र ५९ बाख्रा गरी जम्मा १२०८७ पशुहरूमा कृत्रिम गर्भाधान गरिएको छ ्र
द्द। गाईभैंसीहरूमा बाँझोपन निवारण घुम्ती घरदैलो शिविर १ पटक सम्पन्न भएको छ ्र
घ। आकस्मिक उपचाररइपिडेमिक नियन्त्रण ज्ञ पटक सम्पन्न ९लम्पी स्किन डिजिजको नियन्त्रण० गरिएको छ ।
द्ध। २ हजार ७० पशुवस्तुहरूमा खोप लगाइएको, २२ हजार १ सय ५५ पशुपन्छीहरूको उपचार गरिएको, २ हजार ३ सय ९० गोवर परीक्षण गरिएको छ ्र
छ। चालु आ।व। को अनुदान कार्यक्रम कार्यान्वयनका लागि पशुसेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ तयार गरी सूचना प्रकाशन भई प्रस्तावकहरूको प्रारम्भिक मूल्याङ्कनको काम शुरू भएको छ ।
शिक्षातर्फ
ज्ञ। कोभिड(ज्ञढ को संक्रमण, नियन्त्रण र रोकथामको उपाय एवं मापदण्ड अवलम्बन गरी विद्यार्थी सिकाइ सहजीकरण सुचारू गरिएको छ ।
द्द। बाल विकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा दिवा खाजाको व्यवस्था कार्यान्वयमा ल्याइएको छ ।
घ। सिकाइमा प्रविधिको प्रयोगलाई बढावा दिन सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको छ ।
द्ध। जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने सिद्धान्त अनुसार अगाडि बढाइएको सामुदायिक विद्यालयको प्राथमिक तहको शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न भएको छ ।
छ। चालु आ।व। को विद्यालय भौतिक सुदृढीकरण कार्यक्रमका लागि विद्यालय छनौट भई सम्झौताको कार्य भइरहेको छ ।
ट। प्राविधिक शिक्षा अध्यापन हुने कक्षा ज्ञज्ञ र ज्ञद्द मा विज्ञान विषय अध्यापन गर्ने, विद्यार्थी संख्या उच्च भएका र टाढा(टाढाबाट विद्यार्थी ओसार्न पर्ने अवस्था भएका छ वटा सामुदायिक माध्यामिक विद्यालय बस खरिदका लागि प्रति विद्यालय रू। द्दण् लाख उपलब्ध गराउने गरी विद्यालय छनौट गरी सम्झौता सम्पन्न भएको छ ।
ठ। सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी छात्रहरूलाई निस्शुल्क सेनिटरी प्याड वितरणका लागि ई(विडिङ्ग मार्फत् खरिदको कार्य अन्तिम चरणमा पुगेको छ ।
ड। यस अवधिमा विद्यालय पूर्वाधार विकास र पुनस्निर्माणतर्फ छठ वटा विद्यालयमा भवन, खानेपानी र शौचालय निर्माण भएका छन् ।
ढ। भरतपुर बहुप्राविधिक शिक्षालयमा रू। ज्ञ करोडको लागतमा भवन निर्माण कार्य सुरुभएको छ ।
ज्ञज्ञ। युवा र खेलकुदतर्फ
ज्ञ। युवाको सहभागितामा अन्तर्राष्ट्रिय युवा दिवस, अन्तर्राष्ट्रिय स्वयंसेवा दिवस लगायतका दिवसहरूमा रचनात्मक कार्यक्रमसहित मनाइएको छ । महानगर युवा सञ्जालको अगुवाइमा युवा स्वयंसेवकहरूबाट हरेक शनिबार भरतपुर अस्पतालको नियमित सरसफाइ कार्य अभियानका रूपमा अगाडि बढिरहेको छ ।
द्द। निर्माणाधिन गौतमबुद्ध अन्तरार्ष्ट्रिय क्रिकेट रङ्गशाला परिसरमा हालै महानगरको रू। १० लाख सहयोगमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले यस क्षेत्रको विकासका लागि एक वडा एक खेलमैदान कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।
सहकारीतर्फ
ज्ञ। एक व्यक्ति एउटा विषयको एक सहकारी संस्थामा मात्रै रहन पाउने संघीय नीति कार्यान्वयनमा प्रतिवद्ध र क्रियाशील रहन निर्देशन दिइएको छ ्र
द्द। सहकारी संस्थालाई अनुदान सुविधा प्रदान गर्ने कार्यविधि, २०७६ बमोजिम उत्पादनमूलक सहकारी संस्थाहरूलाई क्रमागतमा रहेको कार्यक्रमबाट अनुदान प्रदान गरिनेछ ्र
घ। सहकारी मार्फत ब्याज अनुदान सहितको स्वरोजगार कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा रहेको छ।
द्ध। सहकारीकर्मी र सहकारी संघरसंस्थाहरूसँग नियमित अन्तर्क्रिया र सहजीकरण गरी सहकारी संघरसंस्थाहरूको प्रवर्द्धन र विकासको लागि तालिम दिने कार्य प्रारम्भ गरिएको छ ्र
ज्ञघ। पर्यटनतर्फ
ज्ञ। यस आर्थिक वर्षमा विभिन्न वडामा ७३ वटा मठ(मन्दिर निर्माण गर्ने योजाना अनुरूप हालसम्म ३७ वटा योजनाको सम्झौता भई निर्माणको चरणमा रहेको छ ्र पर्यटन क्षेत्रको समग्र विकासका लागि भएका पर्यटकीय क्षेत्रको विकास र नयाँ गन्तव्य रूपमा भरतपुर द्दद्द मा निर्माण गरिएको अम्व्रेला स्ट्रिट महानगरको नयाँ र नवीन पर्यटकीय केन्द्र बनेको छ ।
उद्योगतर्फः
ज्ञ। यस वर्ष चितवन उद्योग संघसँगको सहकार्यमा उद्योग दिवस मनाइएको छ ।
द्द। भरतपुर महानगरपालिका वडा नं। द्दज्ञ मा उद्योगग्राम निर्माणको म्एच् तयारी भइसकेको र कम्पाउण्ड वाल लगाउन टेण्डर भइसकेको छ । थप बजेटका लागि संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लेखी पठाइएको छ भने वडा नं। २० मा प्रदेश सरकारको सहयोगमा निर्माण हुने उद्योगग्राम प्रदेश सरकारबाट टेण्डर लगाउने काम भएको छ ।यसबाट स्थानीय स(साना लघु तथा घरेलु उद्योगको विकास र स्थानीय रोजगारी सृजना हुनुका साथै आर्थिक कृयापकलापमा वृद्धि हुने विश्वास लिइएको छ ।
वातावरण, हरियाली प्रवर्द्वन तथा पार्क निर्माण
ज्ञ। यस अवधिमा फोहरमैला व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागितामा बोलपत्र आह्वान भई फोहोर व्यवस्थापन गर्न सम्झौताको लागि अन्तिम तयारीमा रहेको छ ।
द्द। दीर्घकालिन र व्यवस्थित रूपमा फोहर व्यववस्थापनका लागि कोरिया सरकारको सहयोगमा जलदेवी सामुदायिक वन क्षेत्रभित्रको १५ विगाहा जग्गामा म्एच् तयारी भई साइट क्लिरिएन्स गरिएको र दोस्रो चरणको पूर्वाधार निर्माणका लागि कोरिया सरकारबाट ज्ञण् मिलियन डलर उपलब्ध गराउने सौद्धान्तिक सहमति भएको छ ।
घ। महानगरभित्र पार्क निर्माण अन्तर्गत रानीपोखरी पार्क, राइनो पार्क लगायतका पार्कहरू निर्माणको क्रममा रहेका छन् । साथै वडा नं। छ,ट,ठ,ज्ञद्ध,ज्ञढ र द्दद्द लगायतका स्थानमा पनि पार्कहरू निर्माणाधिन अवस्थामा छन् । यसैगरी वडा नं। २४ को देवीस्थान पार्कलाई सुविधा सम्पन्न र आधुनिक बनाई आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्न संघीय सरकारको रू। १ करोड लगानी गर्ने गरी कार्य आरम्भ भएको छ । यी पार्कको निर्माण सम्पन्न पश्चातस् महानगरको सुन्दरतामा वृद्धि हुनुका साथै आयआर्जन र मनोरञ्जनात्मक क्रियापकलापहरूमा वृद्धि हुनेछ ।
द्ध। नर्सरी निर्माण तथा विरूवा उत्पादन कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं। १९ को चिल्ड्रेन पार्कसँग सम्झौता भएको छ ्र यसबाट महानगरपालिकाको लागि आवश्यक फलफूल र अन्य प्रजातिका विरूवाहरू सस्तो मूल्यमा प्राप्त गर्न सकिनेछ ।
छ। महानगरपालिकाभित्र गठित विभिन्न टोल विकास संस्थाहरू र अन्य संस्थालाई फलफूल तथा जडिबुटीको विरूवा वितरण गरी हरियाली प्रवर्द्धनका काम सुचारू गरिएको छ ्र
सामाजिक तर्फ
ज्ञ। महानगरभित्रका अपाङ्गता भएका १२१ जना व्यक्तिहरूलाई परिचय पत्र वितरण गरिएको छ ्र
द्द। विपन्न वर्गका छात्राहरूलाई विद्यालय शिक्षा निरन्तरताका लागि २९२ जनालाई साइकल प्रदान गरिएको छ ्र यो वर्ष पनि निरन्तरता दिइनेछ ।
घ। मानव वेचविखन विरूद्धको दिवस, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस र लैङ्गिक हिंसा विरूद्धको दिवसमा भर्चुअल विधिबाट सरोकारवालाहरू बीचको सहकार्यमा कार्यक्रम सञ्चालन भएको छ ्र
द्ध। अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदाय परिचालन कार्यक्रमहरू कार्यान्वयनका लागि कार्यविधि बमोजिमको समुदायमा आधारित पुनस्र्स्थापना कार्यक्रम ९सि।आर।वि।० समन्वय समितिको बैठक बसी संस्था छनौटको सूचना प्रकाशन भएको छ ।
छ। लैङ्गिक हिंसा निवारण कार्यविधि नगर कार्यपालिकाको वैठकबाट पारित र प्रमाणीकरण भई स्थानीय तहको लैङ्गिक हिंसा निवारण कोषमा रकम जम्मा गरी कोष स्थापना भएको छ ्र
स्वास्थ्य तर्फ
ज्ञ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेंनटाईन, आइसोलेसन व्यवस्थापन, पि।सि।आर। परीक्षण, स्वाब संकलन, कन्ट्याक्ट ट्रेसिङ्ग, संक्रमितहरूको व्यवस्थापन लगायतका क्रियाकलापहरू सञ्चालन गरिएको छ ्र यस अवधिमा जम्मा ५ हजार ५ सय १२ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ ्र
द्द। प्रदेशस्तरीय आयुर्वेद अस्पताल निर्माणका लागि वडा नं। ज्ञद्ध र ज्ञछ मा द्द विगाहा जग्गा उपलब्ध गराइएको छ ।
घ। स्वास्थ्य संस्थाहरूबाट २४ घण्टा प्रसूती सेवा प्रदान गरिएको छ ्र
द्ध। नियमित खोप सेवा सञ्चालनका लागि स्वास्थ्य संस्था नभएका स्थानहरूमा र कम स्वास्थ्यकर्मी भएका संस्थाहरूमा ५ जना खोप कार्यकर्ता खटाई सेवा नियमित गरिएको छ ्र
छ। गर्भवती जाँच, सुत्केरी सेवा तथा उत्तर प्रसूती सेवा ४ पटक गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा प्रोत्साहन भत्ता र यातायात खर्च प्रदान गरिएको छ ्र
ट। जन्मेदेखि १५ महिनाभित्रको उमेर समूहका विभिन्न ११ रोग विरूद्ध खोपबाट बचाउन सकिने रोगहरूको निगरानी गरिएको छ ्र
स्वास्थ्य संस्था नभएका र स्वास्थ्य संस्थाको पहुँच वृद्धि नभएका वडाहरूमा स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन गर्ने नीति अनुसार ७ वटा आधारभूत स्वास्थ्य केन्द्र, २ वटा नगर स्वास्थ्य केन्द्र र १ वटा सामुदायिक स्वास्थ्य इकाईबाट नियमित रूपमा सेवा सञ्चालन गरिएको छ ्र
सूचना तथा प्रविधि
ज्ञ। विगत ३ वर्षको प्रगति समीक्षा पुस्तिका प्रकाशन, विपद् सम्बन्धी ३ वटा ई(वुलेटिन तथा सूचनाको हक सम्बन्धी त्रैमासिक वुलेटिन प्रकाशन गरिएको छ ्र
द्द। महानगरपालिकाको वडा नं। २९ मा बाँकी रहेको नेपाल टेलिकमको इन्टरनेट जडान गर्ने कार्य सम्पन्न भएको छ।
घ। महानगरपालिकाका २९ वटै वडाहरूको लागि अफिसियल इमेल तयार गरी सञ्चालनमा ल्याइएको छ ्र
द्ध। हेल्लो सरकारमा परेका ८ वटा गुनासा सवै सम्बोधन भएका छन्।
ज्ञढ। यातायात व्यवस्था
ज्ञ। साना सार्वजनिक सवारी साधन जम्मा ६७४ अभिलेखीकरण भएको र सोमध्ये ५७५ वटा साना सार्वजनिक सवारी साधनमा स्टिकर टाँस्ने काम सम्पन्न भइसकेको छ ्र
द्द। महानगरपालिकाभित्रका विभिन्न १३ वटा रूटमा साना सवारी साधन सञ्चालन भएका छन् ्र
घ। यस आ।व। मा मौजुदा रूटमा सामान्य सवारी साधनको रूट परिवर्तन तथा नयाँ ३० वटा साना सवारी साधन थपगरी स्टिकर टाँस्नको लागि माग भई आएकोमा माग अनुसार स्वीकृति दिइएको छ ्र
विपद् व्यवस्थापन
ज्ञ। विश्वव्यापी रूपमा फैलिएको कोभिड(१९ को महामारी यस महानगरमा पनि परेको कुरा विदितै छ । यस अवधिमा महानगरपालिकाले संक्रमित भई सामान्य लक्षण समेत भएका व्यक्तिहरूको उपचार गर्नको लागि प्रदेश सामाजिक विकास मन्त्रालयको समेत सहयोगमा बागेश्वरीमा सुबिधा सम्पन्न १०० शैयाको आइसोलेसन केन्द्रको स्थापना गरी सम्पूर्ण व्यवस्थापन गरी ४१२ जना विरामीलाई उपचार गरेको छ । यस कामको लागि कुल रू। डढ लाख डद्द हजार द्दघण् खर्च भएको छ र यही माघ महिनादेखि बन्द गर्ने निर्णय गरिएको छ ।
द्द। २०७७ सालमा अधिक वर्षाका कारण भएको आवासको पूर्ण र आंशिक क्षतिको विवरण संकलन तथा तत्काल व्यवस्थापन कार्य सम्पन्न गरिएको र शीतलहरबाट प्रभावित हुनसक्ने स्थानमा बस्ने व्यक्तिको विवरण संकलन गरी आवश्यक व्यवस्थापनको तयारी गरिएको छ ्र
घ। भरतपुर महानगरपालिका वडा न। २७ र २८ को न्युरे चोकमा नारायणी नदीको बाढी नियन्त्रणको लागि प्रभावकारी समन्वय र नदी नियन्त्रण कार्यका लागि महानगरको श्रोत परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित गरिएको छ ्र नारायणी र राप्ती नदीको किनारमा व्यवस्थित तटबन्धनको म्एच् तयार भइसकेको छ । आगामी आ।व।बाट निर्माणका कामहरू सुरू हुनेछ ।
द्ध। विपद्जन्य घटनाबाट घर तथा आवास क्षेत्रमा भएको क्षति अनुसार ४३ घर परिवारलाई तत्कालिन राहत व्यवस्थापनको लागि प्रतिघर रू। १०,००० सम्मको दरले राहत वितरण गरिएको छ ्र
छ। यु।एन।डी।पी।को सहयोगमा ४ दिने अग्नि नियन्त्रण तालिम र २ दिने जोखिम स्थानान्तरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ्र
ट। महानगरको वडा नं। २९ मा आएको हुरी बतास सहितको असिनापानीबाट भएको क्षतिको लागी रू १८ लाख रूपैयाँ दिने निर्णय गरिएको छ ।
ठ। यस अवधिमा कोभिड(ज्ञढ को नियन्त्रण तथा रोकथामका लागि मित्र राष्ट्र चीन, ग्ल्म्ए र सामाजिक संघसंस्था तथा व्यक्तिहरूबाट विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको छ । उहाँहरूको सहयोगको लागि महानगरपालिका धन्यवाद ज्ञापन गर्दछ ।
द्दज्ञ। भू(उपयोग तथा बस्ती विकास
ज्ञ। केरूङ्गा खोला सौन्दर्यकरणको लागि म्एच् तयारी अन्तिम चरणमा पुगेको र संघ र प्रदेश सरकारसँग बजेटको लागि माग गरिएको छ ्र
द्द। संघीय कार्यक्रम अन्तर्गत वड़ा नं। २१, पार्बतीपुरमा १० बिगाहा जग्गामा औधोगिक ग्रामको म्एच् सम्पन्न भई अयmउयगलम धबिि निर्माणको लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ ्र
घ। भरतपुर महानगरपालिकाको बहुतले प्रशासनिक भवनको म्एच् सम्पन्न भई नक्सा पास प्रक्रिया अगाडि बढेको छ । भवन निर्माणको लागि टेण्डर गर्ने तयारी गरिएको छ ्र
द्ध। महानगरको नगर यातायात गुरूयोजना ९ःत्ःए० बनाउन वड़ाबाट बाटोहरूको लागत संकलन गरिएको र गुरूयोजनाको काम आरम्भ भएको छ ्र
अन्तरिक व्यवस्थापन तथा खरिद शाखा
ज्ञ। कार्यालयका लागि आवश्यक सामग्री खरिद सम्बन्धी कार्य बोलपत्र मार्फत् खरिद गर्नका लागि आपूर्तिकर्ता छनौट भई सोही बमोजिम काम भइरहेको छ ।
द्द। महानगरको गत आ।व।को जिन्सी निरीक्षण कार्य सम्पन्न भइसकेको छ ।
घ। चालु आ।व।को श्रावणदेखि मंसिरमसान्तसम्म ईन्धनमा रू। द्धद्द लाख, सवारी साधन मर्मतमा रु। द्दज्ञ लाख र घर तथा जग्गा भाडा वापद् रू। ज्ञछ लाख ज्ञढ हजार खर्च भएको छ ।
द्दघ। शासकीय सुधार इकाइ शाखा
ज्ञ। महानगरमा परेका विभिन्न उजुरीहरूमा १ण् वटा उजुरी फर्छ्यौट भएका छन् ।
अन्यमा, यस सभामा आफ्नो गरिमामय उपस्थितिका लागि सम्पूर्ण सभा सदस्यहरूमा हार्दिक कृतज्ञाता व्यक्त गर्दछु ।
धन्यवाद १
मितिः २०७७ साल पुष २७ गते ।
भरतपुर ।
भरतपुर महानगरपालिकाको सम्मानित सातौ नगरसभा २०७७ साल पौष २ठ गते सोमबार महानगरपालिका उप ( प्रमुख श्री पार्वती शाह ठकुरीज्यूले
प्रस्तुत गर्नुभएको
आर्थिक वर्ष २०७७र ७८ को
पूरक बजेट वक्तव्य
भरतपुर महानगरपालिका
२०७७
पूरक वजेट
सभाका अध्यक्ष एवं नगर प्रमुखज्यू,
नगर सभाका सदस्यज्यूहरू।
१। पूरक बजेट सम्बन्धी प्रचलित सिद्धान्त
चालू आ।व। २०७७।०७८ का लागि विनियोजन ऐन, २०७७ बमोजिम कुनै सेवा वा क्षेत्रको लागि खर्च गर्न अख्तियारी दिइएको रकम पर्याप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपर्ने आवश्यकता भएमा पूरक वजेट ल्याउने मान्यता रहेको छ।
२। संवैधानिक तथा कानूनी व्यवस्था
स्थानीय तहले पूरक बजेट ल्याउने सम्बन्धमा नेपालको संविधानको धारा २२९९२० मा स्थानीय सञ्चित कोषबाट गर्न सकिने खर्च सम्बन्धी व्यवस्था स्थानीय कानून बमोजिम हुनेछ भन्ने उल्लेख भए बमोजिम स्थानीय तहले वार्षिक बजेट बनाउन सक्ने संवैधानिक आधार रहेको छ।स्थानीय सरकार सञ्चालन सम्बन्धमा बनेको मूल कानून स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ मा सभाको बैठक वर्षको सामान्यतया २ पटक बस्नेछ भन्ने प्रावधान रहेको छ।
सोही ऐनको दफा ६९ मा स्थानीय सञ्चित कोषको प्रावधान उल्लेख गरेको छ। त्यस्तै दफा ७१९८० मा पूरक अनुमान तथा बजेट सम्बन्धी अन्य व्यवस्था स्थानीय कानून बमोजिम हुने भन्ने व्यवस्था रहेको छ।सोहि व्यवस्था बमोजिम भरतपुर महानगरपालिकाले सभा सञ्चालन कार्यविधि, २०७४ तर्जुमा गरेको छ।
उक्त कार्यविधिको बुँदा नं। २७ मा अर्थ सम्बन्धी पूरक अनुमान अन्तर्गत सभाबाट पारित चालु आर्थिक बर्षको लागि अर्थ सम्बन्धी ऐनले कुनै सेवाको लागि खर्च गर्ने अख्तियारी रकम अपर्याप्त भएमा वा त्यस बर्षको लागि अर्थ सम्बन्धी ऐनले अख्तियारी नदिएको सेवामा खर्च गर्न आवश्यक भएमा वा अर्थ सम्बन्धी ऐनले अख्तियारी दिएको रकम भन्दा बढी खर्च हुन गएमा कार्यपालिका प्रमुखले सभामा यस अघि प्रस्तुत गरिएको बजेटको सिद्धान्त र मार्गदर्शन प्रतिकुल नहुने गरी पूरक अनुमान पेश गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था बमोजिम भरतपुर महानगरपालिकाले निम्न सेवा तथा क्षेत्रको खर्च शीर्षक र कार्यक्रममा थप वजेट ल्याएको छ।
३। कोषको अवस्था र प्रगति स्थिति
आ।व। २०७६।०७७ बाट सञ्चित कोषमा मौज्दात रकम रु १ अर्व २ करोड ७७ लाख ६१ हजार ६ सय ७२, निकासा तथा चालुतर्फ फ्रिज गरी संचित कोषमा फिर्ता गरिएको रकम रु ५ करोड ३३ लाख ८८ हजार ७ सय ५४, पुँजिगततर्फ फ्रिज गरी संचित कोषमा फिर्ता गरिएको रु ५ करोड ४९ लाख ४० हजार ७ सय ०९, राजश्व वाँडफाँड खातामा भएको रु १ करोड ६६ लाख ८६ हजार २ सय ५८ र आन्तरीक राजश्व खाताबाट रु २५ करोड १४ लाख ४८ हजार गरी जम्मा एकमुष्ठ रु १ अर्व ४० करोड ४२ लाख २५ हजार ८ सय सञ्चितकोषमा रहेको थियो।
भुक्तानी दिन बाकी चालुतर्फ रु २० लाख तथा पुँजिगततर्फ रु ७२ करोड ८० लाख गरी कुल जम्मा भुक्तानी दिन बाँकी रु ७३ करोड र रणनैतिक महत्व तथा अन्य पूर्वाधारतर्फ रु ११ करोड गरी जम्मा रु ८४ करोड बैंक मौज्दातबाट खर्च हुने प्रक्षेपण गरिएको थियो। रु ८४ करोड रकम बाहेक जम्मा रु ५६ करोड ४२ लाख २५ हजार सञ्चित कोषमा मौज्दात रहेको देखिन्छ।आ।व। २०७७।०७८ को लागि थप बजेट रु ५६ करोड ४२ लाख २५ हजार पूरक बजेटको रुपमा ल्याउँदा आ।व। २०७६।०७७ को बैंक मौज्दातबाट नै पुग्ने हुँदा थप अन्य श्रोतको व्यवस्थापन गर्न नपर्ने अवस्था छ।
आ। व। २०७७।०७८ को कुल बजेट रु ४ अर्व १५ करोड ६४ लाखमध्ये चालुतर्फ विनियोजित कुल बजेट रु १ अर्व ८७ करोड ६६ लाख ८ हजार तथा पूजिगत खर्चतर्फ विनियोजित कुल बजेट २ अर्व २७ करोड ९८ लाख ८० हजार ४ सय रहेको थियो। जस्मा पौष २घ गते सम्ममा चालु तथा पुँजिगत खर्च क्रमशस् ५१ करोड ९५ लाख ७८ हजार र ४८ करोड २२ लाख ५१ हजार भएको अवस्था छ जुन क्रमशस् २७।६८ र २१।१५ प्रतिशत हुन आउछ ९संघीय सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम समेत०।अर्कोतर्फ आन्तरिक आम्दानी प्रक्षेपित कुल रु ९० करोडमा पौष २घ गते सम्म जम्मा रु २२ करोड ४ लाख ६ हजार अर्थात २४।४८ प्रतिशत संकलन भएको अवस्था छ।
४। पूरक बजेटको उदेश्य
४।१। विभिन्न बजेट शीर्षक तथा उपशीर्षक अन्तरर्गत विनियोजित नपुग रकम पुरा गरि योजना समयमै सम्पन्न गर्ने।
४।२। साधन(स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउने ।
४।घ। आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनार्इ राष्ट्रको विकासमा टेवा पुर्याउने ।
४।द्ध। सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउने।
५। पूरक बजेट ल्यानुको कारण
महानगरपालिकाले पूरक बजेट ल्याउनुका प्रमुख कारणहरु तपशिलमा उल्लेख गरिएको छ (
ड्ड विनियोजन ऐन, २०७७ ले चालु आ।व। को लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम अपर्याप्त भएको
ड्ड चालु आ।व। को लागि विनियोजन ऐनले अख्तियारी नदिएको नँया सेवामा खर्च गर्न आवश्यक भएको
ड्ड विभिन्न खर्च शीर्षक तथा उप(शीर्षक अन्तर्गत नयाँ कार्यक्रम थप गर्नु परेको
सभाका अध्यक्ष एवं नगर प्रमुखज्यू,
नगर सभाका सदस्यज्यूहरू अव म क्षेत्रगत कार्यक्रम वा शीर्षकमा विनियोजित बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
६। क्षेत्रगत कार्यक्रम वा शीर्षकमा विनियोजित बजेट
ट।ज्ञ प्रशासनिक चालुतर्फ
६।१।ज्ञ। परामर्श सेवा शुल्क ९करार तथा ज्यालादारी पदमा कार्यरत कर्मचारीहरुको नपुग तलव भत्ता एवं विज्ञहरुको परामर्श सेवा शुल्क समेत ० नपुग हुने रु ५० लाख
६।ज्ञ।२। कर्मचारी कल्याणकारी कोषतर्फ रु १ करोड
६।ज्ञ।३। नगर विकासको ऋणबाट सम्पन्न गरिएको विभिन्न योजनाको ऋण तथा सावा भुक्तानीको लागि रु १ करोड
६।ज्ञ।४। करार तथा ज्यालादारीपदमा कार्यरत कर्मचारीको वीमा खर्च एवं सञ्चयकोषतर्फ रु ६० लाख
६।ज्ञ।५।कमजोर पक्षको सबलीकरण तथा क्षमता विकासतर्फ नपुग रु ४० लाख
ट।द्द पुर्वाधार विकासतर्फ
ट।द्द।१। आ।व। २०७६।०७७ भुक्तानी दिन बाकी तथा क्रमागत योजना तर्फ रु ४ करोड २२ लाख २५ हजार
ट।द्द।द्द। कलभर्ट निर्माण रु। 2 करोड
ट।द्द।घ। नियमित मर्मत सम्भारतर्फ रु 2 करोड ४५ लाख
ट।द्द।द्ध। विभिन्न सडकमा ग्राभेल राख्ने कार्य रु। 2 करोड ३लाख
ट।द्द।छ। समपूरक साझेदारीकोष रु। १३ करोड
ट।द्द।ट। विशेष आकस्मिककोष रु। ९ करोड
ट।द्द।ड। छण्रछण् प्रतिशत लागत साझेदारीमा सञ्चालन हुने आयोजनाको लागि थप रु। ५ करोड
ट।द्द।ढ। विभिन्न वडाहरुमा खुल्ला व्यामशाला निर्माणतर्फ रु। 20 लाख
ट।द्द।ज्ञण्।गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण रु। ४ करोड
ट।द्द।ज्ञज्ञ। विभिन्न वडा कार्यालय निमार्ण रु। १ करोड
ट।द्द।ज्ञ२। विभिन्न वडा कार्यालयको संरचना सुधार रु १ करोड
ट।द्द।ज्ञ३। पुँजीगत परामर्श रु। 40 लाख
ट।द्द।ज्ञद्ध। खेलकुद तर्फ रु। 30 लाख
ट।द्द।ज्ञ५।सार्वजनिक जग्गा संरक्षण तर्फ रु २५ लाख
ट।द्द।ज्ञ६। शहरी खानेपानी तथा महानगरपालिका सह( लगानी तर्फ वडा नं ११ र १९ एकमुष्ठ रु २ करोड ८० लाख
ट।द्द।ज्ञ७। पर्यटन पुर्वाधार तथा मठमन्दिर तर्फ रु २५ लाख
ट।घ। शिक्षातर्फ
ट।घ।ज्ञ। विद्यालयको भौतिक पुर्वाधार निर्माणतर्फ भवन निर्माणका लागि छनोटमा परेका विद्यालयहरुलाई लागत इस्टिमेटका आधारमा उपलब्ध गराउने गरी एकमुष्ठ रु २ करोड ४० लाख
ट।घ।२। शिक्षक स्वैच्छिक अवकाश अनुदान १० लाख
ट।द्ध। वातावरण तथा विपद व्यवस्थापनतर्फ
ट।द्ध।१। विपद व्यवस्थापन कार्यको लागि एकमुष्ठ रु 1 करोड
ट।द्ध।२। पार्कनिर्माण डिपीआर सहित रु 1 करोड
पूरक बजेट थप भए पछिको कुल आय र व्ययको विवरण ९रु हजारमा०
सि नं विवरण आय व्यय कैफियत
१ आ। व। २०७७र०७८ ४१५६४८९ ४१५६४८९
२ पूरक बजेटबाट थप हुने ५६४२२५
५६४२२५
३। पूरक बजेट पश्चात आ।व। ०७७र०७८
को जम्मा आय व्यय विवरण ४७२०७१४
४७२०७१४
पूरक बजेट
बाट थप
अन्तमा,
प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउनु हुने नगर प्रमुखज्यू, कार्यपालिका सदस्यज्यू, नगरसभा सदस्यज्यू, विज्ञ महानुभाव, राजनीतिक प्रतिनिधि एवं राजनीतिज्ञ, सञ्चारजगत् लगायत सम्पूर्ण नगरबासी दाजुभार्इ तथा दिदीबहिनी एवं अहोरात्र खटिने महानगरपालिकाका सम्पूर्ण कर्मचारी मित्रहरूलार्इ हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद्
पार्वती शाह ठकुरी
उपप्रमुख
भरतपुर महानगरपालिका भरतपुर, चितवन
मितिस् २०७७, पौष २ठ गते सोमबार।
सातौँ नगरसभाले पारित गरेका कानूनहरू
ज्ञ। जनस्वास्थ्य विधेयक 2077
द्द। सहकारी ऐन, 2075 को दोस्रो शंसोधन
घ। आर्थिक ऐनको पहिलो शंसोधन विधेयक 2075
छ। वर्तमान नगरपालिकाका जनप्रतिनिधिहरूले विगत घ वर्षमा नगर क्षेत्रभित्र भएगरेका विकास निर्माणसँग सम्बन्धित कामहरूको विवरण समेत समावेश भएको पुस्तकको विमोचन ।
ट। शोध प्रस्ताव पारित ।९चतुर्मान गुरूङ्ग, मणिलाल तामाङ्ग र प्रेम प्रसाद पाठकको असमाहिक निधनप्रति०