
विराटनगर, २६ पुस । इटहरी उपमहानगरपालिका- १० मा पुरुषको शव फेला परेको छ । कोशी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
५०-५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जन केसीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको निधारमा चोट देखिएको छ ।