चितवनः नेपाली काङ्ग्रेसका नेता रामहरी खतिवडाले पूर्ब प्रधानन्यायधिशहरुले बिज्ञप्ती निकाल्नु अशोभनीय भएको बताउनुभएको छ । पत्रकारहरु संग आज यहाँ कुराकानी गर्नुहुँदै उहाँले अदालतमा परेको मुद्धालाई प्रभाबित पार्ने गरि काम गर्न नहुने बताउनुभयो ।
सरकारले गरेको निर्णयको बिरुद्धमा सर्वोच्चमा रिट परेको र अदालतमा बिचाराधिन मुद्धामा कसैले पनि बाहिरबाट प्रभाबित गर्ने काम गर्न नहुने उहाँको भनाई थियो । सरकारले संसद भंग गरेको बिषयमा पूर्ब प्रधानन्यायधिशहरुले जारी गरेको बिज्ञप्ती तर्फ केन्द्रित हुँदै उहाँले भन्नुभयो “सम्मानित पूर्ब प्रधानन्यायधिशहरु प्रति केही गुनासो छैन । तर संयुक्त वक्तव्य जारी गर्ने बेला होकी होइन ?” अहिले सबै कानुनी राज्यको पक्षमा रहेको उहाँको जिकिर थियो ।
यसरी बिज्ञप्ती निकाल्दा न्यायपालिकाको गरिमा कहाँ पुग्छ र स्वतन्त्र न्याय सम्पादनमा अफ्ठ्यारो पर्छ भन्ने तर्फ पनि सोच्न जरुरी रहेको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा खतिवडाले नेपाली काङ्ग्रेस अहिलेको अबस्थामा सरकारमा जान नहुने बताउनुभयो । उहाँले भन्नुभयो “एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाउ भनेर जनताले पठाएकाले अहिले काङ्ग्रेस सरकारमा जानु हुँदैन ।”
उहाँले थप्नुुभयो “काङ्ग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर । अहिलेको अबस्थामा होइन ।” निर्वाचनको बिकल्प नरहेको उहाँको भनाई थियो । प्रतिनिधि सभा पुनर्वाहली भए पनि अब सांसद किनवेच सुरु हुने भन्दै उहाँले निर्वाचनको बिकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संसद पुनर्वाहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरी सांसद किनवेच सुरु हुन्छ । काङ्ग्रेसको साथ नलिई सरकार कसैले बनाउन सक्दैन ।”
काङ्ग्रेसले वडा वडामा जानु भनेर कार्यकर्तालाई खटाउनु निर्वाचनको तयारी गर्नु भएको उहाँको भनाई थियो । नेपाली काङ्ग्रेस संग सल्लाहा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गर्नुभएको हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो “प्रधानमन्त्री ओलीजी राष्ट्रपतिलाई भेट्न सुटुक्क जानु भयो । अनि लहडमा संसद भंग गर्नु भयो । कसै संग पनि सल्लाहा लिनु भएन ।”