काठमाडौं, २६ पुस । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने तयारी सरकारले गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्य व्यवस्था परामर्श समितिमा राष्ट्रिय सभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट पत्र आउने तयारी बारे बैठकमा जानकारी दिएको बताए । पन्थका अनुसार पत्र आए पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभा अधिवेशन आजै अन्त्य हुने छ ।

प्रतिक्रिया दिनुहोस !