चितवन : संसद् विघटनविरुद्ध प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । दोस्रो चरणको आन्दोलनअन्तर्गत काँग्रेसले आज ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।
काँग्रेस चितवनले ६ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । चितवन क्षेत्र नम्बर १ (क) को विरेन्द्रनगर, (ख) को रत्ननगरको बकुलहर, क्षेत्र नम्बर २ (क) को कालीका नगरपालिकाको खोलेसिमल बजार, (ख) को हाकिमचोक भरतपुर, क्षेत्र नम्बर ३ (क) को रामपुर बजार र (ख) को शिवनगर बजारमा प्रदर्शन गर्दैछ ।
प्रदर्शनका लागि काँग्रेस चितवनले ६ वटा क्षेत्रमा प्रतिनिधि तोकेको छ । जिल्ला सभापती जीतनारायण श्रेष्ठका अनुसार चितवन क्षेत्र नम्बर १ (क) मा सूर्य अर्याल, (ख) मा निता ढकाल, २ (क) मा राजन कार्की, (ख)मा उत्तम जोशी, ३ (क)मा राजिप न्यौपाने र (ख)मा शंकर कडेंललाई प्रतिनिधि तोकिएको छ
सभापती श्रेष्ठले सबै प्रदेश स्तरीय क्षेत्रहरुलाई सरकारले चालेको असंबैधानीक र अलोकतान्त्रीक कदमका बिरुदमा हुने प्रदर्शनमा सहभागी हुन अपिल समेत गरेका छन् । केन्द्रिय निर्देशन अनुसार पार्टीले बिरोधको कार्यक्रमहरु संञ्चालन गर्न लागेको र सबै स्थानमा एकै समयमा प्रदर्शन गरिने छ । पार्टी सचिब उत्तम जोशीका अनुसार सबै प्रदेश स्तरीय क्षेत्रहरुमा दिनको १ वजे बिरोध प्रदर्शन गरिने छ ।






