चितवनः नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपि शर्मा ओलीको अधिनायकबादी सोच कार्यान्वयनका लागि संसद भंग गरिएको बताउनु भएको छ । पत्रकारहरुसंग आज यहाँ कुराकानी गर्नुहुँदै उहाँले संबिधानमा नभएको कुराको प्रयोग गरेर प्रधानमन्त्रीले संसद भंगगर्नु अधिनायकबाद लाद् खोजेको बताउनुभयो ।

यसलाई सर्बोच्चले कार्यान्वयन हुन नदिने उहाँको भनाई थियो । उहाँले भन्नुभो “संबिधानमा बहुमतको सरकार हुन सक्ने अबस्था रहँदा सम्म संसद विगठन गर्न पाईदैन भन्ने स्पष्ट लेखिएको छ । त्यस कारण संसद पुनःस्थापना हुन्छ ।”

उहाँले भन्नुभयो “सर्वोच्च अदालतले त्यो भन्दा वाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा ढुक्क छौ ।” उहाँले अहिले मुलुक निर्बाचनको बाटोमा नजाने जिकिर गर्नुभयो । उहाँले थप्नुभयो “ओली नेतृत्वको सरकारले संबिधान डिजर्भ गर्न थाल्यो । संबिधानको पाँग्रा फुस्काउन थाल्यो । यसलाई बचाउने अहिलेको मुद्धा हो ।” संबिधानलाई लयमा ल्याए पछि संसद स्थापना गरी अघि वढ्नुपर्ने उहाँको भनाई थियो ।

 

फरक प्रसंगमा उहाँले फागुनमा काङ्ग्रेसको महाधिबेशन सम्भव नरहेको बताउनुभयो । संबिधानले दिएको अधिकार प्रयोग गरि त्यस पछिको ६ महिनामा पार्टीको महाधिबेशन गरिने उहाँको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस !