
चितवनः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन चितवनले जिल्लाका बिभिन्न कलेजहरुमा सरकारको असंबैधानीक कदमको बिरोधमा प्रदर्शन सुरु गरेका छन् । अनेरास्वबियूको केन्द्रिय निर्देशन अनुसार जिल्लामा रहेका क्याम्पसहरुमा आज कालो व्यानर राखेर प्रदर्शन गरेका हुन ।
उनीहरुले बिरेन्द्र बहुमुखि क्याम्पस भरतपुरमा कालो व्यानर राखेर सरकारको बिरोध गरेका हुन । व्यानरमा लेखिएको छ “प्रधानमन्त्री केपि शर्मा ओली एबं राष्ट्पति बिद्यादेवी भण्डारीको संसद बिघटनको असंबैधानीक कदमकोे खारेज गरर । प्रतिगामी शक्तिहरु होसियार ।”
प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरिएको हो ।