चितवनः नेपाली काँग्रेस चितवनले यही पुस २५ गते गर्न लागेको सरकार बिरोधी प्रदर्शनका लागि जिल्लाका ६ वटा क्षेत्रमा प्रतिनिधि तोकेको छ । काँग्रेस चितवनको आज बसेको जिल्ला कार्यसमिति वैठकले चितवनमा रहेका प्रदेश स्तरीय क्षेत्रहरुमा हुने प्रदर्शनका लागि प्रतिनिधि तोकेको हो ।

नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार चितवन क्षेत्र नम्बर १ (क) मा सूर्य अर्याल, (ख) मा निता ढकाल, २ (क) मा राजन कार्की, (ख)मा उत्तम जोशी, ३ (क)मा राजिप न्यौपाने र (ख)मा शंकर कडेंललाई प्रतिनिधि तोकेको हो । प्रतिनिधि तोकीए संगै प्रदर्शन गर्ने स्थान समेत तय गरीएको छ । १ (क)का लागि खैरहनीको खुरखुरे, (ख)का लागि रत्ननगरको टाँडी, २ (क)का लागि कालीका नगरपालिकाको खोले सिमल तोकीएको छ । यस्तै २(ख)का लागि भरतपुरको हाकीमचोक, ३ (क)का लागि रामपुर र ३ (ख)का लागि शिवनगर तोकीएको उहाँले जानकारी दिनुभयो ।

पार्टी सभापती श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले सबै प्रदेश स्तरीय क्षेत्रहरुलाई सरकारले चालेको असंबैधानीक र अलोकतान्त्रीक कदमका बिरुदमा हुने प्रदर्शनको तयारीमा जुट्न अपिल समेत गरेको छ । केन्द्रिय निर्देशन अनुसार पार्टीले बिरोधको कार्यक्रमहरु संञ्चालन गर्न लागेको र सबै स्थानमा एकै समयमा प्रदर्शन गरिने छ । पार्टी सचिब उत्तम जोशीका अनुसार सबै प्रदेश स्तरीय क्षेत्रहरुमा दिनको १ वजे बिरोध प्रदर्शन गरिने छ । माघ ३ गते हुने स्थानीय तह अन्तर्गतको प्रदर्शनका लागि समेत पार्टीका सबै तहलाई जानकारी गराईएको र तयारीमा लाग्न भातृ संस्था, शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !