काठमाडौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आउनुभएको कोइरालाको कोरोना संक्रमणका कारण निधन भएको हो ।

केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिनुहुन्छ । “अलबिदा निरु दा” भन्दै फेसबुकमा शोक प्रकट गर्नुभएका डा. शेखर कोइरालाले “कोभिड संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत् निरञ्जन कोइराला (निरु दा) को आज बिहान ११ बजे निधन भएको” जानकारी दिनुभएको छ ।

“केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन डा. शेखर कोइरालाका दाजु हुनुहुन्छ,” डा. शेखरको सचिवालयले भनेको छ, “निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत हुनुहुन्थ्यो ।”
तत्कालीन पर्यटनमन्त्री रामहरी जोशीको विज्ञ सल्लाहकारको रुपमा समेत काम गर्नुभएका निरञ्जन पछिल्लो समय भारतको दिल्लीमा व्यवसाय गरेर बस्दै आउनुभएको थियो ।

निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा. शेखर दाजुर्लाइ भेट्न एक महिनाअघि नयाँदिल्ली पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !