-रविन देवकोटा चितवन, १६ पुस । ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ चितवनको आयोजनामा आज चितवन क्षेत्र नं ३को क्षेत्रीय कार्यलय परिसरमा रहेको बि.पी.को शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ।
आज बिहान भएको सो कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य,क्षेत्र नं ३को भवनका जग्गादाता शालिकराम देवकोटा प्रमुख अतिथी रहनु भएको थियो। नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति मेदनीराज थापा बिशिस्ट अतिथी रहनु भएको सो कार्यक्रममा क्षेत्र नं ३का प्रदेश सभापति अमृत बानियाँ,क्षेत्र नं ३का कोषाध्यक्ष सृजना पाण्डे,नेपाली कांग्रेस वडा नं १५का वडा सभापति धर्मराज आचार्य,वि.पी.विचार भरतपुर महानगर सचीव अमृत पोख्रेल अतिथी रहनु भएको बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३का सचीव लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो।
सो कार्यक्रम बि.पी.बिचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३का संयोजक कमलनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।






