-रविन देवकोटा चितवन, १५ पुस । नेपाली कांग्रेसका पुर्व महामन्त्री ,उप प्रधानमन्त्री प्रकाशमान सिंह आज चितवन आइपुग्नु भएको छ ।
चितवनमा हुन लागेको ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बिचार प्रवाह कार्यक्रममा सम्बोधन गर्नका निम्ति चितवन आउनु भएको नेपाली कांग्रेस चितवन जिल्लाका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँ सँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता बद्री पाण्डे पनि चितवन आउनु भएको छ।उहाँहरु बुद्ध एयरको जहाजमा ३:५० बजे चितवन आइपुग्नु भएको हो ।
भोलि हुने सो कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर १० हाकिम चोकमा रहेको स्टार व्याङ्क्युट होटलमा हुदै छ।






