काठमाडौं, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा १२ बजे बस्ने स्थायी समिति बैठकले पहिलो चरणको संघर्षको विश्लेषण गर्दै दोस्रो चरणका कार्यक्रम तय गर्ने छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड माधव पक्षले पुस १४ गते देशभर विरोध प्रदर्शन गरेको थियो । पुस १४ को कार्यक्रममा उल्लेख्य सहभागिता भएपछि यो पक्ष उत्साहित बनेको छ ।

ओलीको कदमविरुद्ध गठित संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले पार्टी कार्यालय पेरिसडाँडामा १२ बजे स्थायी समिति बैठक बस्ने र ३ बजे संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !