चितवन, १५ पुस । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रका सांसद कृष्ण भुर्तेल नेकपा (केपी ओली समूह) मा फर्किएका छन । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव समूहमा लागेका उनि पुनः ओली समूहमा आएका हुन । उनले बागमती प्रदेश सरकारविरुद्ध लगाइएको अबिस्वासको प्रस्तावमा गरेको समर्थन समेत फिर्ता लिएका छन । उनि चितवन ३ (१) का प्रदेसभा सांसद हुन ।

मंगलबार मात्रै उनि प्रचण्ड माधव सूहको काठमाडौंमा आयोजित प्रदर्शनमा सहभागी भएका थिए । यस्तै कृष्णपुर स्थित पार्टी कार्यालयमा प्रचण्ड माधव समूहद्धारा आयोजित कार्यक्रममा पनि उनि सहभागी भएका थिए । मंगलबार बेलुको उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको स्रोतले बताएको छ । उनले एक्लै प्रधानमन्त्री ओलीसंग भेट गरेका थिए ।

उनले आजैदेखि आफ्नो निर्वाचन क्षेत्रमा जबजका पक्षमा अभियान चलाउने नारायणी अनलाइनलाई बताए । उनले भने,‘मैले विविकेपूर्ण निर्णय गरेको छु, प्रदेश सरकारलाई दिइएको अविस्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको छु ।’ उनले आफु प्रदेश सरकार हटाउने पक्षमा नरहेको बताए । उनले सरकार परिवर्तन हुँदा झन अस्थिरता निम्तने धारणा राखे । ‘बैचारिक ढंगले म पहिला जहाँ थिए त्यही बसेर काम गर्ने निर्णय गरेको छु,उनले भने ।

प्रतिक्रिया दिनुहोस !