चितवनः देशको तेस्रो पर्यटकीय गन्तव्य स्थल चितवन । चितवनको सौराहा घुम्न आउनेहरुका लागि निकै रोजाईमा पर्ने गरेको ठाउँ हो । कोरोना कहरका कारण पर्यटन व्यवसाय धरासाही बनेपछि सौराहाका व्यवसायी पर्यटकलाई निम्ता दिन देश दौडाहामा हिडिरहेका छन् ।
तर जिल्लाकै अर्को पर्यटकीय गन्तव्य स्थल पटिहानाीमा भने सार्बजनीक विदाको दिन पर्यटकको भिड लाग्ने गरेको पाईन्छ । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुँनालाई घुमाउने ठाउँ पटिहानीको अम्रेला स्ट्रिट हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र संगै वगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनी तस्बिर लिने, टिकटक वनाएर रमाउनेहरुको भिडभाड हुने गरेको छ ।
सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा गत वर्ष रु १ करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिट सहित पर्यटकीय पूर्बाधार वनाइएको थियो । वडा अध्यक्ष बिष्णु महतोका अनुसार शनिबार मात्र अम्रेला स्ट्रिट प्रबेशका लागि ४ हजार ३ सय जनाले रु २० को टिकट काटेका छन् ।
गएको फागुन १ गतेबाट संञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आए पछि कोरोना कहरका कारण वन्द गरिएको थियो । कात्र्तिक १४ गतेबाट पुनः संञ्चालनमा आएको हो । यस संगै दैनिक रुपमा आउने आन्तरिक पर्यटकको संख्या वढ्दो छ । महतोले भन्नुभयो “आन्तरिक पर्यटकले हामीलाई उत्साहीत वनाएको छ ।”
चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुँनाको घुम्ने ठाउँ पटिहानी बनेको उहाँले बताउनुभयो । यस बाहेक काठमाण्डौं, पोखरा, गोर्खा, बिराटनगर लगाएतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउने देखि डुङ्गा शयर, हात्ती सफारी, जिप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुर्लभ एकसिंगे गैंडा नियाल्दै गर्दा आन्तरिक पर्यटकहरु निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहल संगै स्थानीय होटल, रेष्टूरेन्ट व्यवसायी पनि लाभान्बित भएका छन् । पटिहानीमा मात्र ८ वटा ठूला होटल रहेका छन् भने १२ भन्दा वढि साना होटल रहेका छन् । आन्तरिक पर्यटक वढे संगै रेष्टूरेन्ट खुल्ने क्रम बढ्दो छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको रु १ करोड, भरतपुर महानगरपालिकाको रु ७१ लाख, वडा कार्यालयको रु १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५ सय २० वटा रंगिचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अबलोकन क्षेत्र लगाएतका संरचना निर्माण गरिएको छ ।
होटल एशोशिएशन पश्चिम चितवन कसरा ईकाइका संयोजक गणेश पौडेलले कोरोना सङ्क्रमण कम भए संगै आन्तरिक पर्यटक वढेको बताउनुभयो । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तु संग रमाउने गरेको उहाँको भनाई छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबा समेत रहेका छन् । त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उहाँले जानकारी दिनुभयो । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकहरुले मनोरञ्जन समेत लिने गरेका छन् ।
यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जिप सफारी रूट रहेको पौडेलको भनाई छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिंगे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जंगली जनावरहरुको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुंगा सयर, गोही, चराहरुको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता रहेको छ । थारु, बोटे समुदायको भेषभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारहरुको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताउनु हुन्छ ।