
चितवन : नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहले लगाएको ताला प्रचण्ड–नेपाल समुहले फुटाएको छ । शनिबार बिहान ओली समुहका कार्यकर्ता तालाबन्दी गरेर निस्किए लगत्तै प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले फुटाएका हुन् ।
फुटको संघारमा रहेको नेकपाका दुई समूहबीच वैधानिकताको दौड चलिरहेको छ । दुबै पक्षले आ–आफ्नो समूह आधिकारिक र बलियो रहेको दाबी गरिरहेका छन्