चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र देखिएको बिबाद जिल्लामा पनि देखिएको छ । नेकपा चितवनको कार्यालयमा आज ताला वन्दी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा एक सूचना जारी गर्दै युवाहरुले जिल्ला कार्यालय मदननगरमा तालावन्दी गरेका हुन ।

कार्यालयमा सूचना टाँसी तालाबन्दी गरिएको हो । सूचनामा लेखिएको छ “स्वर्गीय जननेता मदन भण्डारीको जनताको बहुदलीय जनबाद मूल सिद्दान्त अंगीकार गरेको तत्कालीन नेकपा एमाले र फरक सिद्धान्त वोकेको नेपाल कम्युनिष्ट पार्टी माओवादी बिच पार्टी एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वनेको हो । एकिकरणको हर्ष वोकेका हामीले एकिकरणको मर्मलाई स्विकार गरी अघि वढिरहेको परिवेशमा आफ्नै पार्टीका प्रथम अध्यक्ष जसले सरकारको नेतृत्व गरीरहनुभएका सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली प्रति घेरावन्दी गरिएको प्रति आपत्ति छ । अत्यन्त निकृष्ट व्यवहार देखाउने र महामहिम राष्ट्रपती तथा सम्मानीय प्रधानमन्त्री प्रति महाअभियोग तथा अबिश्वासको प्रस्ताब पेश वर्ने दृष्टता गरीयो प्रति हामी दुःख व्यक्त गर्दछौ ।”

पार्टी नेतृत्वलाईनै वदनाम गर्ने गरि कार्यालयबाट गतिविधि भईरहेको भन्दै कार्यालयमा तालावन्दी गरिएको हो । सूचनामा लेखिएको छ “नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका सम्बन्धमा सबै नेतागणको एउटै राय र मनहरु एकै ठाउँमा रहने प्रति विश्वास व्यक्त गर्दै यस मदनआश्रीत भवनलाई कुनै एक पक्षको र गुटको आश्रयस्थलका रुपमा प्रयोग नगर्न, नगराउनका लागि भवनमा तालावन्दी गरिएको जानकारी गराईन्छ ।”

प्रतिक्रिया दिनुहोस !