चितवनः पूर्ब पश्चिम लोकमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर ३ विद्युत चोकमा ट्रिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको वुङताङका २५ वर्षिय सुब बहादुर तामाङ रहेका छन् ।

नारायणगढबाट लोथर तर्फ गईरहेको ना ६ ख २३९८ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आईरहेको बा ४१ प ८६४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ तामाङ्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्करबाट घाईते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा ४ वजे मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !