काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको संघीय संसद सचिवालयले प्रष्ट पारेको छ।

यसअघि सभामुखको सचिवालयले अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ।

त्यस्तै नेकपाका प्रमुख सचेतक देव गुरुङले पनि कुराकानीमा प्रधानमन्त्रीले संसद विघटन गर्न लागेको सूचना मिडियाबाट पाएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका थिए। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ५ गते नै उक्त प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस !