चितवनः २०४६ सालको जनआन्दोलनको पूर्ब तयारीका समयमा गिरफ्तारीमा परेका नेताहरु सहित नेपाली काँग्रेस माडी नगरसमितिले ३६ जनालाई सम्मान गरेको छ । सम्मानीति हुनेहरुमा तत्कालिन नेताहरु रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ्, डा. सूर्यकान्त घिमिरे, नारायण दाहाल, धनरा दुरा, कुशल दुरा, चित्र वहादुर दुरा सहित अन्य रहेका छन् ।
आन्दोलनको तयारीका क्रममा माडीको गोविन्द बस्तिमा चित्र वहादुर दुराको घरमा वैठक सबसिरहेको अबस्थामा तत्कालिन शाहि नेपाली सेनाले गिरफ्तार गरि राज्यलाई बुझाएको दिनको सम्झनामा उनीहरुलाई सम्मान गरिएको हो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उहाँहरुलाई सम्मान गर्नु भएको थियो ।
सो अवसरमा बोल्ने काँग्रेस चितवनका नेताहरुले अलोकतान्त्रीक ओली सरकारको बिरुद्धमा सबै एक भएर लाग्नु आबश्यक रहेको बताउनुभयो । जुन सुकै समयमा पनि पार्टीले सरकार बिरोधि गतिबिधि गर्न सक्ने भन्दै उनीहरुले सबैलाई निरङ्कुश ओली सरकारको बिरुद्ध जुट्न उहाँहरुले आव्हान गर्नु भयो । सरकारले अहिले अलोकतान्त्रीक निर्णय गरेको भन्दै उहाँहरुले सरकार अधिनायक बादको बाटोमा हिडिरहेको बताउनुभयो ।
नेपाली काँग्रेस माडी नगरसमितिका सभापति कमल भूषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ, पूर्ब सभापतिहरु रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ काँग्रेसका नेताहरु सबिता वराल, साजन महत्व लगाएतले बोल्नु भएको थियो ।