काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।
गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो ।
विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिनुभएको छ । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा हुनुहुन्थ्यो ।
तर, गुटभेलामा भने सहभागी नहुने अडान लिनुभएको थियो । कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न आज बिहान प्रचण्ड पुल्चोक पुगेका पुग्नु भएको थियो ।