काठमाडौं, ६ पुष । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्। आज (सोमबार) ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताएका हुन्।

‘वैशाखमा चुनाव हुनेवाला छैन,’ भट्टराईले भनेका छन्, ‘देश अँध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक र कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।’ आइतबार सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने मितिसमेत तोकेको थियो। देश अँध्यारो सुरूङमा फसिसकेको भट्टराईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !