चितवनः गौतमवुद्ध कप क्रिकेटको उपाधी राप्तीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्ती गौतमवुद्ध कपको च्यम्पियन बनेको हो ।

राप्तीले दिएको १४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन मात्र बनायो । नारायणीलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर राप्तीका कमल सिंह ऐरीले जम्मा ७ रन दिदै महत्वपूर्ण एक विकेट लिए। उनले अन्तिम ओभरको पहिलो बलमा नै किशोर महत्तोलाई पेभिलियनको बाटो देखाए । यस्तै अन्तिम ओभरको चौथो बलमा सिद्धान्त लोहनी रन आउट भए । किशोर शुन्यमै आउट भए भने सिद्धान्तले ६ रन बनए ।

खेलमा नारायणीले खराब सुरुवात गरेको थियो । नारायणीको स्कोर ११ हुँदा पहिलो विकेटको रुपमा राजु रिजाल ६ रन बनाएर पेभिलियन फर्किए । रित गौतम र इशान पाण्डेले समान २७(२७ रन बनाए । रितले ३३ बलमा चार चौका तथा इशानले ३२ बलमा ३ चौका र एक छक्का प्रहार गरे ।

आक्रमक ब्याटिङ गरेका आरिफ शेख अर्धसतक बनाउनबाट २ रनले चुके । उनी १९ औं ओभरको तेस्रो बलमा ४८ रन बनाएर आउट भए । ३१ बल खेलेका आरिफले ४ चौका र एक छक्का प्रहार गरे । राप्तीका अबिनास बोहराले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका अबिनासले २७ रन खर्चिए । ४ ओभर बलिङ गरेका भुवन कार्कीले १९ रन खर्चिदै २ विकेट हात पारे ।

त्यस अघीगौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको राप्तीले २० ओभरमा ८ विकेट गुमाउदै १४२ रन बनाएको थियो । खेलमा राप्तीले सुखद सुरुवात गरेको थियो । राप्तीका ओपनरद्धय अमित श्रेष्ठ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५१ रनको अर्धसतकिय साझेदारी गरेका थिए।

पहिलो विकेटको रुपमा अमित छैठौ ओभरको चौथो बलमा आउट भए । उनी शाहव आलमको बलमा बोल्ड भए । आउट हुनु अघी उनले १७ बलमा ४ चौकासहित १८ रन बनाए । कुशल ४२ रन बनाएर पेभिलियन फर्किए । उनले ३१ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।

कप्तान बिनोद भण्डारी २० रनमा नटआउट रहे । उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । सरद भेसवाकर १० रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नारायणीका शाहव आलमले ३ विवेट लिए । ४ ओभर बलिङ गरेका आलमले १९ रन खर्चिए । कसिलो बलिङ गरेका सुशन भारीले ४ ओभरमा जम्मा ११ रन दिदै २ महत्वपूर्ण विकेट लिए । करण केसीले ३ ओभर ५ बलमा ४६ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस !