काठमाडौंः ओली–दाहाल बिचको बिबादका कारण नेकपामा नयाँ तरङ्ग आएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गर्नु भएको छ ।
२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा माग्नुभएको थियो । “स्थायी कमिटी बैठक लगतै प्रधानमन्त्रीले बोलाउनु भयो र, तपाईले प्रमुख सचेतकबाट राजीनमा दिनुस्” बालुवाटार निकट स्रोतले भन्यो ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गर्नुभएको थियो ।

ओलीले भने दलको नेता (आफू)विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताउनुभएको हो । गुरुङले भने पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वभाजिक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिनुभएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिनुभएको छ । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।

पार्टीमा छलफल गर्नुको साटो संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने जस्ता प्रयास गरेको उनले उनले असन्तुष्टि जनाएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !