काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी भित्रको बिबाद चरम उत्कर्षमा पुगेको छ । जसका कारण आज बस्ने भनिएको संवैधानिक परिषदको बैठक बस्न सकेन ।
संवैधानिक परिषदको बैठक मा सभामुख उपस्थित नभए पछि बैठक बस्न सकेको थिएन । सरकारले बोलाएको संबैधानीक परिषदको बैठकमा सभामुख नगए पछि अध्यादेश मार्फत सभामुख विनानै बठक बस्न सक्ने गराएको छ ।

ओली र दाहाल बिचको बबादका कारण सभामुख बैठकमा नआएको बुझिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।

बालुवाटारमा बसेको उक्त बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको सरकारनिकट स्रोतले जनाएको छ । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गर्नु भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।

प्रतिक्रिया दिनुहोस !