– रविन देवकोटा
चितवन, मंसिर ३० । चर्चित लोकप्रिय कलाकार गायक रमेशराज भट्टराईको नयाँ गीत बजारमा आएको छ।राजा नामक उक्त गीत गायक भट्टराईले आफ्नै युटुव च्यानलमार्फत हिजो दिउँसो बजारमा ल्याएका हुन्।

उक्त गीतमा स्वर,शब्द,संगीत गायक रमेशराज भट्टराईको रहेको छ। यसअघि बजारमा आएको बहुलाको सिक्वेल बहुला ३ राजाले युटुवमा आएदेखी राम्रो प्रतिक्रिया पाइरहेको छ।उक्त गीतमा अहिलेका चर्चित मोडल तथा गायक दुर्गेश थापा,रविन्द्र थिटुङले अभिनय गरेका छन् भने यसै गीत मार्फत गायक भट्टराई कै छोरि सुप्रीमा भट्टराई ले मोडेलिङको यात्रा सुरु गरेकी छन् । उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

(भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला)

प्रतिक्रिया दिनुहोस !