चितवनः नेपाली काँग्रेसका नेता एबं पूर्ब अर्थ मन्त्री रामशरण महतले सरकार बिकृतीको माझबाट चलिरहेको आरोप लगाउनु भएको छ । काँग्रेस चितवनले आज यहाँ अयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता महतले सरकारमा संबिधान कार्यान्वयन देखि संसदीय नियुक्त सम्मका बिषमा बिकृती देखिएको आरोप लगाउनु भएको हो ।

नेपाली जनताको मतलाई झुक्याएर शासन गर्दै आएको कम्युनिष्ट सरकार अहिले बिखण्डन तर्फ लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “राजा बादीलाई जोगाउने र गणतन्त्रबादीलाई थुन्ने सरकारको नियम कस्तो ।” सरकार चलाउने पार्टी भित्रको अपरिपक्वता सरकारमा पनि देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राजनैतिक नेतृत्वमा देखिएको अपरिपक्वताका कारण सरकार हरेक किशिमका दलदलमा फस्ने गरेको छ ।”


सरकारले मानवअधिकारको रक्षा गर्न नसकेको भन्दै उहाँले अहिलेको सरकारबाट जनताले अपेक्षा गरेका कुरा प्राप्त हुन नसक्ने बताउनुभयो । जनताको सेवाका लागि सरकारले संबिधान कायाृन्वयनमा ल्याउनु पर्नेमा अहिले सम्म संबिधान कार्यान्वयनका लागि खसै काम हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जनताको अधिकारका लागि संघियतामा तीन तहको सरकार वनाईएको हो । तर सबै अधिकार केन्द्रमानै सिमित गर्न खोज्दै छ सरकार ।”सरकारका कामहरु जनताको भावना बिपरीत भएको भन्दै उहाँले सरकारलाई सच्चियर अघि वढ्न सुझाब दिनुभयो । कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहका कारण देशलाई ठूलो असर परेको उहाँको भनाई थियो ।


फरक प्रसंगमा बोल्दै उहाँले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा जनताको मत दिने पार्टी वनाउन आबश्यक रहेको बताउनुभयो । पार्टी भित्रका वेथितिहरुलाई रोक्दै जनताको विश्वास जित्नु आबश्यक छ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको नेतृत्वलाई सच्याउँदै परिवर्तनको सम्बाहक आबश्यक छ ।” काँग्रेस जनताको पार्टी भएकाले महाधिबेशन पछि जनविश्वास जित्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले निषेधको राजनिती गर्न खोजेमा आँफुहरु पनि तयार रहेको बताउनुभयो । जनताको अधिकारका लागि कसै संग सम्झौता नगर्ने उहाँको भनाई थियो । सो अवसरमा नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोईराला, सचिब उत्तम जोशी लगाएतले बोल्नु भएको थियो ।

आज दिउँसो १२ः३० वजे भरतपुरको चौबिसकोठीबाट सुरु भएको ¥याली पुलचोक पुगेर बिरोध सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !