चितवन : गृहमन्त्री राम बहादुर थापा बादलले प्रतिपक्षी दललाई सरकार विरोधी भएको आरोप लगाउनु भएको छ । भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराजानी गर्दै बादलले गणतन्त्र विरोधी शक्तीहरु सलबलाई रहेको अवस्थामा प्रतिपक्षीले सडकमा प्रदर्शन गर्नु सरकार विरोधी भएको उनले आरोप लगाउनु भएको हो ।

यसले राजावादी र प्रतिबन्धित दललाई सघाउ पुग्ने उहाँको भनाइ थियो । सरकारले राजावादी पक्षको प्रद्रशनलाई नजिकबाट नियालेको भन्दै उहाँले गणतन्त्रलाई विस्थापित गर्न सहज नरहेको पनि बताउनुभयो । यसका विरुद्धमा सरकारले निर्णय गर्ने उहाँको भनाई थियो ।

फरक प्रसँगमा बोल्दै बादलले पार्टी विभाजनको सम्भावना नरहेको पनि बताउनुभयो । पार्टी भित्र आन्तरिक विवाद देखिएपनी विवाद मिल्दै जाने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !