
चितवनः नेपाल बिद्यार्थी संघ चितवनले सरकारको बिरोधमा जिल्लाको बिभिन्न स्थानमा सिठ्ठ जुलुस प्रदर्शन गरेको छ । कोरोना कहरको समयमा सरकारको उदाशिनता, देशमा मौलाएको भ्रष्टाचार र सरकार निरंकुश वन्दै गएको बिषयमा बिषयलाई लिएर बिरोध प्रदर्शन गरेको हो । काग्रेसले देश व्यापि प्रदर्शनको तयारी गरिरहेको समयमा नेबिसंघले देश व्यापि रुपमा प्रदर्शन गरेको हो ।
भरतपुरको चौबिसकोठी र नारायणगढको लायन्सचोकमा सिठ्ठि जुलुस प्रदर्शन गरिएको हो । नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्वमा लायन्सचोकबाट निस्किएको सिठ्ठी जुलुस पुलचोक पुगेर कोणा सभामा परिणात भएको थियो । कोण सभालाई सम्बोधन गदै ढकालले सरकारको अहिलेको निरंकुश शैलीलाईका कारण जनताले दुःख पाएको बताउनुभयो ।
भरतपुरको चौबिसकोठीमा संकेतिक बिरोध स्वरुप कार्यक्रम गरिएको हो । नेबिसंघ जिल्ला नेता परमेश्वर खनालको नेतृत्वमा निस्किएको जुलुसमा नेबिसंघ चितवनका बिभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।