चितवन : बागमतीलाई पराजित गर्दै राप्ती चितवनको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा जारी गौतमवुद्ध कप २०२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा राप्तीले बागमतीलाई ११ रनले पराजित गरेको हो । यससँगै लगातर दुई खेलमा पराजय व्यहोरेको बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ । बागमती आज पनि पराजित भएपछि नारायणी पनि एक खेल अघी नै फाइनलमा प्रवेश गरेको छ ।

राप्तीले दिएको १३० रनको विजयलक्ष्य लिएर जवाफी व्याटिङ गरेको बागमती २ बल बाँकी हुँदा बलमा ११८ रनमा समेटियो । उसका लागि लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा २ छक्का र ३ चौका प्रहार गरे । यस्तै अनिल शाहले २० तथा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले समान १३-१३ रन बनाए । राप्तीका जितेन्द्र मुखिया, कमल सिंह र अबिनास बोहराले समान २-२ विकेट हात पारे ।

त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो । राप्तीका लागि अमित श्रेष्ठले २६ रन बनाए । यस्तै सरद भेसवाकर र कप्तान बिनोद भण्डारीले समान २१-२१, कमल सिंह १६ र लोकेश बम १५ रन बनाए । बागमतीका सोमपाल कामी, सगर ढकाल र रसिद खानले समान २-२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार नारायणी र राप्तीबीच खेल हुनेछ । दुबै टोली फाइनल प्रवेश गरिसकेकोले भोलिको खेल तालिकाको शिर्ष स्थानका लागि मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस !