चितवन : नेपाली काँग्रेस चितवनले सरकारविरुद्ध गर्ने विरोध प्रदर्शनको तयारी पुरा भएको छ । सोमबार हुने सरकारविरुद्ध प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेस चितवनले जनाएको छ । सबै कार्यकर्तालाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति जित नारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जिल्लाको ९८ वटै वडाबाट कार्यकर्ताहरु सहभागी हुने श्रेष्ठले बताए ।
उनले लोकतन्त्रमाथि आस्था राख्ने सबैलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् । “सरकारको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि नै प्रहार गरेको छ उनले भने, लोकतन्त्रमाथि प्रहार भइरहदा लोकतन्त्रमाथि आस्था राख्ने नेपालीहरु घरमै सुतेर बस्ने होइन, त्यसको जवाफ दिन उत्रिऔं ।” चितवन लोकतान्त्रिक आन्दोलनको अगुवा गर्ने जिल्ला भएकोले पनि लोकतन्त्रमाथि भइरहेको प्रहारको विरोधमा सबै सबै चितवनवासी उत्रिनु पर्ने उनको भनाई छ।
काँग्रेस चितवनले स्थानीय तहको गतिविधिलाई पनि गम्भीरताका साथ हेरिरहेको भन्दै उनले त्यसलाई पनि विरोध कार्यक्रममा उठाइने बताए । स्थानीय तह पनि काँग्रेसलाई पाखा लगाएर अघी बढ्न खोजेको उनको आरोप छ । यस्तै केही दिन अघी मात्र राजावादीले लोकतन्त्रको विरोधमा प्रदर्शन गरेकोले त्यसको जवाफ पनि भोलिको कार्यक्रमबाट नै दिइने उनले बताए ।
कार्यक्रमलाई संयमित र मर्यादित बनाउने काँग्रेस चितवनका सचिव उत्तम सचिव जोशीको भनाइ छ । कार्यक्रममा तरुण दल लगायातका भात्री संगठनले स्वयंसेवकको भूमिकामा साथ दिने उनले बताए । काण्डै काण्डको सरकारले काम गर्न नसकेकोले प्रदर्शन गर्न लागिएको सचिव जोशीले बताए । दिउसो १२ः३० बजे भरतपुरको चौबीसकोठीदेखि नारायणगढको पुल्चोक पुगेर सभा गर्ने तयारी छ । सभालाई काँग्रेसका पुर्व सह महामन्त्रीमन्त्री एवं पुर्व अर्थमन्त्री डा रामशरण महतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकार सर्वसत्ताबाद तर्फ लागेको,भ्रष्टचार मौलाएको ,कोभिड संक्रमणमा उचित व्यस्थापन गर्न असक्षम रहेको भन्दै काँग्रेसले भोलि देशैभर प्रदर्शन गर्ने तयारी गरेको हो । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुव्र्यवहारको विरुद्ध पनि कांग्रेसको प्रदर्शन केन्द्रीत हुने जनाइएको छ ।