चितवन : निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजबाट शुरु भएको गौतमवुद्ध कप २०२० क्रिकेटमा नारायणी बिजयी भएको छ । नारायणीले सुपर ओभरमा बागमतीलाई ५ रनले पराजित गर्‍यो ।

सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले जम्मा २० रन बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । ज्ञानेन्द्रले ३ छक्का प्रहार गरेपनी हात भने टार्न सकेकन् । उनले करण केसीको पहिलो, तेस्रो दोस्रो र पाँचौ बलमा छक्का प्रहार गरेका थिए ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नारायणीले २५ रन बनाएको थियो । सुपर ओभरमा नारायणीका करण केसीले ४ चौका प्रहार गर्दै २४ रन बनाए ।

त्यस अघी निर्धारित २० ओभरमा बागमतीले ८ विकेट गुमाउदै११७ रन बनाएको थियो । ११८ को लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नारायणीले पनि २० ओभरमा ७ विकेट गुमाउदै ११७ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस !