चितवनः नेपाली काङ्ग्रेस चितवनले आफ्ना कृयाशिल सदस्यहरुलाई सरकार बिरुद्धको आन्दोलनमा सहभागी हुनका लागि निमन्त्रण पठाएको छ । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका सातै तहका वुथ सभापती मार्फत कृयाशिल सदस्यलाई निमन्त्रण पठाईएको छ ।

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडलेमाथि तनहुमा भएको दमन, कोरोना महामारी बिरुद्ध सरकारले देखाएको उदाशिनता, भ्रष्टाचार लगाएतका बिषयमा देशव्यापि रुपमा यही मंसिर २९ गते गर्न लागेको बिरोध प्रदर्शनका लागि कृयाशिल सदस्यहरुलाई निमन्त्रण पठाईएको उहाँले जानकारी दिनुभया । अहिले सरकारका क्रियाकलापले सरकार आँफै प्रतिगमनको मतियार वनेको भन्दै बिरोध प्रदर्शन गर्न लागिएको उहाँको भनाई छ ।
भरतपुरको चौबिसकोठीबाट सुरु हुने बिरोध प्रदर्शनमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबं पूर्ब अर्थमन्त्री रामशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो बिरोध सभामा जिल्लामा रहेका २८ हजार कृयाशिल सदस्यलाई सहभागिका लागि अनुरोध सहितको निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !