चितवनः नेपाली काँग्रसका महामन्त्री डा. शशांक कोईरालाले अहिलेको अबस्थामा काङ्ग्रेस सरकारमा नजाने बताउनु भएको छ । आज भरतपुरमा क्लिक खबर संगको बिशेष कुराकानीका क्रममा उहाँले अहिलेको समयमा सरकारमा गए पार्टीलाइ घाटा लाग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “साढे तीन वर्षको समयमा उपलव्धि विहिन सरकारमा हामी किन जाने । जानु हुँदैन ।”
महामन्त्री कोईरालाले पार्टीको महाधिबेशन फागुनमा सम्भब नभएको बताउनुभयो । कृयाशिल सदस्यता बितरण देखि दाबि बिरोध लगाएतका कामहरु गर्न बाँकी रहेकाले तोकीएको समयमा महाधिबेशन सम्भव नरहेको उहाँको भनाई थियो ।
यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिबेशन चैत अन्तिम साता वा वैशाखमा गर्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “मंसिर मसान्त सम्म जिल्लाहरुबाट क्रियाशिल सदस्य आउनु प¥यो । त्यसमा दावि बिरोध हुन्छ । त्यसलाई समय दिनु प¥यो ।”
महाधिबेशनमा आँफु कुन पदमा लड्ने भन्ने बिषयमा टुङ्गो लागि नसकेको उहाँको भनाई छ । पार्टी भित्रका जिम्मेवार व्यक्तिहरु संग कुरा चलिरहेको भन्दै उहाँले छलफलबाट उम्मेदवार टुङ्गो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो “कार्यकर्ताको चाहना म लाई सभापति भएको देख्ने छ । शेरवहादुर जी लाई हराउन तापाई उठ्नु पर्छ भन्नेको जमात ठूलो छ तर रामचन्द्र जी, प्रकाशमान जी, शेखर दाई, सुजता लगाएतका जिम्मेवार व्यक्तिसंग छलफल भएको छैन ।”
कुराकानीका क्रममा उहाँले मंसिर २९ गते आयोजना गर्न लागिएको बिरोध कार्यक्रम अहिले भई रहेको भ्रष्टाचार नियन्त्रण, कोभिड महामारिमा सरकारको उदाशिनता र दमनको बिरुद्ध रहेको बताउनुभयो ।