काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा आज सुरक्षा कडा बनाइएको छ । स्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थिएन ।

एसएसपीको नेतृत्वमा तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्रोतको भनाइ छ । निर्धारित दिउँसो १ बजेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आउनु भएको छैन । तर, अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम आइसक्नु भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमा सुरक्षा जोखिम रहेको भन्दै शनिबारको सचिवालय बैठक पनि बालुवाटारमा सार्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस !