काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजो सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मंगलवार बसेको सचिवालय बैठक आज बुधवार दिउँसो १ बजे पुनः बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका राजनीतिक प्रस्तावहरुमाथि औपचारिक छलफल सुरु भएको उनले जानकारी दिए । उक्त छलफल बुधबार पनि निरन्तर गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस !