चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आज एक समारोहका बिच विपि स्मृति भवनको शिलन्यास गरिएको छ । भवनको नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शिलन्यास गर्नु भएको हो ।
समाजसेवी मैयादेवी श्रेष्ठले उपलव्ध गराउनु भएको १३ दशमलब ५ धुर जमिनमा भवन निर्माण गर्न लागिएको हो । भवन शिलन्यास पछि प्रतिकृया दिनुहुँदै सभापति श्रेष्ठले समाजसेवी मैयादेवीले नेपाली काङ्ग्रेसको केन्द्रिय समिति देखि जिल्ला हुँदै वडा सम्मलाई जग्गा उपलव्ध गराएर सहयोग गर्नु भएको वताउनुभयो ।
नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ११ ले निर्माण गर्न लागेको विपि स्मृति भवनका लागि पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । वडाका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन रु १ करोडको लागतमा तीन तल्ला वनाईदै छ । लिफ्ट समेत राख्ने गरि अत्याधुनीक भवन वन्ने उहाँले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कडेंलको संयोजकत्वमा आर्थीक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही भवनको नजिकै तीन वर्ष अघि श्रेष्ठलेनै उपलव्ध गराउनु भएको जग्गामा नेपाल प्रेस युनियनले मैयादेवि सूचना केन्द्र निर्माण गरेको छ ।