
चितवनः संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सन २०२२ मा नेपालमा पर्यटकको आँधिबेहेरी आउने वताउनु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको द फरेष्ट फ्रन्ट नामक होटलको आज शिलन्यास गर्नु हुँदै बिगतका वर्षहरुको भन्दा वढि पर्यटक एक वर्ष पछि नेपालमा आउने बताउनुभयो ।
मन्त्री भट्टराईले लामो समय घरमा रहनु परेकाले कोरोना सङ्क्रमण अन्त्य संगै बिदेशी पर्यटक वढ्ने वताउनुभयो । उहाँले भन्नुभयो “सन २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र व्यूतिएको छ । सन २०२१ को मध्येमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उहाँले सन २०२१ संगै स्वदेशी पर्यटक निकै वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो क्षेत्र अगाडि आउँछ । विशेष गरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्ने छौं ।” नेपालीहरुमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवार सहित घुम्न जाने प्रचलन स्थापित भएको उहाँको भनाई थियो । नेपाली पर्यटकको संख्या हामीले सोचेभन्दा धेरै भएकोमा उहाँको जोड थियो ।
कोरोना सङ्क्रमण घटे संगै घुम्न नपाएर बसेका नेपालीहरुले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताउनुभयो । अहिलेनै महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमा पर्यटक स्वदेशी पर्यटक आउन थालेको उहाँको भनाई छ ।
तत्कालै अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको भन्दै उहाँले भन्नुभयो “पर्यटकीय गन्तव्यहरु, होटलहरु लगाएतमा स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ ।”
भौगोलीक र साँस्कृतिक बिबिधता संगै शान्तिपूण यस्तो देश विश्वमा कहि नभएको भन्दै उहाँले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रकृया अघि वढाएको उहाँले जानकारी दिनुभयो । पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाई थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमवजार तहसनहस भएको बताउनु भयो । उहाँले भन्नुभयो “बिदेशमा गएकाहरुले पनि रोजगारी गुमाएर फर्कनु पर्ने अबस्था आएको छ ।” श्रम वजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमानै सम्भावनाको खोजी गर्नु आबश्यक रहेको मन्त्री यादवको भनाई थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकाहरुलाई उत्पादन मुलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
संस्कृतीलाई माटो संग जोडेर पर्यटनको बिकास गर्न सके स्वदेशमानै रोजगारी सृजना हुने उहाँले बताउनुभयो । रोजगारीको खोजिमा विदेशीएका युवाहरुले नेपामानै पसिना वगाउन सके बिदेश पलायन हुनबाट बचाउन सकीने भन्दै उहाँले भन्नुभयो “वार्षिक ६ सय भन्दा वढि नेपालीको शव नेपाल आउने अबस्थाको अन्त्य गर्न स्वदेशमानै रोजगारी सृजना गर्नु आबश्यक छ ।”
सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एन आर एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्व र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले बोल्नु भएको थियो । हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले रु २५ करोडको लगानीमा सौराहामा वुटिक रिसोर्ट निर्माण गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँ गैर आवासिय नेपाली महाँसंघका प्रतिनिधि हुनुहुन्छ । ३४ वटा कोठामा ६५ वटा वेडको सो रिसोर्ट सन २०२२ वाट संञ्चालनमा आउने छ । १२ कठ्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो ।