काठमाडौः चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुग्नुभएको छ ।
रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्फत काठमाडौं आउनु भएको हो ।
नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नुहुने छ ।
भारतका विदेशसचिव हर्षवर्धन शृंगला नेपाल भ्रमणमा आएर फर्किएको दुई दिनपछि नै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउनुभएको हो ।
उनी विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावासमा गएर दिवा भोजमा सामेल हुनेछन् । त्यसपछि जंगी अड्डा पुगेर प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्नेछन् । उहाँ आजनै बंगलादेश जाने कार्यक्रम रहेको छ ।