चितवन : थरुहट थारुवान राष्ट्रिय मोर्चाको पुर्ण बिस्तारित बैठक चितवनमा हुनेको भएको छ । मोर्चाको केन्द्रीय कार्यालय काठमाडौंमा आज (शनिबार) सम्पन्न बैठकले पुर्ण बिस्तारित बैठक पुषको ७ र ८ गते चितवनमा गर्ने निर्णय गरेको हो ।

उक्त बैठकमा मोर्चा सन्चालन र कार्यबिधी तयारीका लागि मिनराज चौधरी, तुलसे थारु र सिताराम थारुलाई जिम्मेवारी दिएको संयोजक लक्ष्मण चौधरीले जानकारी दिए । यस्तै बैठकले थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा र युवा शक्तिको केन्द्रीय कमिटी बैठक मङसिर मसान्तसम्म सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकमा विभिन्न मोर्चा, राजनितिक पार्टी, संघ संस्थासँग सम्वादको लागि सुरेन्द्र चौधरी, मिनराज चौधरी, श्रवण थारु र सिताराम थारुलाई जिम्मेवारी दिइएको चौधरीले बताए । यस्तै झापादेखि कन्चनपुरसम्म थरुहट आन्दोलन र राजनीतिक सम्वाद अभियान पुष १५ गते देखिपुस मसान्तसम्म सम्पन्न गर्ने तथा बाँकी रहेको जिल्ला भेला र सम्मेलन माघ मसान्तसम्म समपन्न गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !