काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवलाय बैठक सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको छ ।

यसअघिको सचिवालय बैठकमा अर्का पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको ‘काउन्टर’मा ओलीले अर्को प्रतिवेदन पेस गर्न लाग्नुभएको हो । प्रचण्डले प्रस्तावमा आफूमाथि लगाएका आरोपको खण्डन गर्दै प्रतिवेदनमा ओलीले प्रत्यारोप गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !