चितवनः कृषि तथा पशुपक्षि बिकास मन्त्री घनश्याम भूषालले पार्टी भित्रको बिबादलाई बिधि भित्र राखेर समाधान गर्ने बताउनुभएको छ । पार्टीक दुबै अध्यक्षलाई बिधि भित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेता संगै सिंगो पार्टी रहेको उहाँको भनाई थियो ।

आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले भन्नुभयो “पार्टी एउटा घर हो । तपाई हाम्रो घर भित्र समस्या रहीत छैन । त्यस्तै हो यो । बिबाद मिलाउँदै जानु पर्छ ।” ठूलो पार्टी भित्र बिबाद हुनु स्वभाबिक भएको उहाँको जिकिर थियो ।

मन्त्री भूषालले कृषक र उपभोक्ता बिचको दुरी केही समयमानै हट्दै जाने बताउनु भयो । उहाँले कृषक र उपभोक्ता बिचको दुरी घटाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो ।

अहिलेकको दुरी घटाउन सकेको खण्डमा कृषि क्षेत्रका ठूला समस्या समाधान हुने उहाँको भनाई थियो उहाँले भन्नुभयो “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ता बिचको दुरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छन् ।”
कृषि क्षेत्रमा आधुनिकिकरणको सुरुवात भई सकेको भन्दै उहाँले यस क्षेत्रको भबिश्य उज्वल रहेको बताउनुभयो ।

पत्रकारहरु संगको कुराकानीमा उहाँले सरकार भ्रष्टाचार र बिसंगतिलाई नियन्त्रणका काम गरीरहेको बताउनु भयो । उहाँले भन्नुभयो “कस्को रिपोट के आउछ भन्ने अर्को कुरा हो मुलुक प्रति जिम्मेवार सरकारले भ्रष्टाचार र कुनै पनि बिसंगतीलाई नियन्त्रण गर्नु हो ।” त्यस तर्फ सरकार लागेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !