चितवनः कारागार कार्यालय चितवनबाट एक जना थुनुवा फरार भए पछि सुरक्षा व्यवस्था थप कडा वनाएको छ । कारागार प्रशासन र स्थानीय प्रशासनले कारागारको सुरक्षा व्यवस्था थप कडा वनाएको हो ।
कारागार कार्यालय चितवनका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार र्जवजस्ती करणी मुद्धामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रैष्ठ फरार भए संगै सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । उनी बिहिबार साँझ ५ः३० वजे कारागारको पर्खाल नाघेर भागेका थिए । कालिका नगरपालिका वडा नम्बर २ पदमपुर घर भएका ४५ वर्षिय उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
थुनुवा भाग्नु अघिनै कोरोना कहरका कारण कैदी वन्दीलाई भेटघाटमा रोक लगाईएको थियो । श्रेष्ठ भागे पछि कारागारको सुरक्षामा खटिएका प्रहरीहरुलाई चनाखो हुन निर्देशन दिईएको छ । आफ्नो जिम्मेवारीमा रहँदा जति सुकै आबश्यक काम भए पनि अर्को व्यक्तिले जिम्मेवारी नसमाले सम्म काम नछोड्न कडा निर्देशन दिईएको काफ्लेले जानकारी दिनुभयो । विहिबार सुरक्षा कर्मी परिवर्तन हुने समयमा भागेका थिए । कारागारमा नयाँ रणनितीका साथ सुरक्षा व्यवस्था व्यवस्था लागु गरिएको छ ।

क्षमता भन्दा तेव्वर कैदी वन्दी रहेको यस कार्यालयमा केदी वन्दीको चापका कारण समस्या आई रहने गरेको छ । यस कारागारमा हाल २ आश्रीत वालवालिका सहित ७ सय २ जना कैदी वन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला कारागारमा ५६ जना र २ सय ५५ जनाको क्षमता रहेको पुरुष वन्दि गृहमा ६ सय ४४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !