चितवनः भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५७ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको आज बिहान ५ः१५ वजे मृत्यु भएको हो । निमोनियाको समस्या र कोरोना संक्रमण भई मंसिर ५ गते अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको हो । उनलाई मंसिर ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै सोही अस्पतालमा उपचाररत हेटौडाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० कि ५७ वर्षिया महिलाको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज विहान ६ वजे मृत्यु भएको हो ।
बाथ र उच्च रक्तचापको बिरामी भई अस्पतालमा उपचारका क्रममा उनलाई मंसिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै ११ गते अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यता भरतपुर १७ का ५१ वर्षिय एक पुरुषको कोरोना सङ्क्रमण पुष्टि पछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बिहिबार बाटोमानै मृत्यु भएको थियो । मंसिर ११ गते कोरोना सङ्क्रमण पुष्टि भई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बिहिबार राती ८ः३० वजे उनको वाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !