माडीमा शशस्त्रको बिओपी स्थापना

चितवनः माडी नगरपालिकामा छैठौ वोडर आउट पोष्ट (बिओपि) स्थापना गरिएको छ । पोष्टको शशस्त्र प्रहरी बल तीन नम्बर बाहिनीका वाहिनी पति शशस्त्र प्रहरी नायव महानिरिक्षक मन्दिप श्रेष्ठले आज एक समारोहका बिच उद्धघाटन गर्नु भयो ।
पोष्टको उद्धघाटन गर्दै श्रेष्ठले सिमानाको रक्षाका लागि प्रभावकारी रुपमा काम गर्न आँफुहरु लागि परेको बताउनुभयो । स्थापना भएका पोष्टहरुबाट सिमा रक्षाका लागि प्रभावकारी रुपमा काम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माडी नगरपालिका वडा नम्बर ६ कल्याणपुरमा छैठौ पोष्ट स्थापना गरिएको हो । यस अघि माडीको बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी, वाल्मिकी आश्रममा पोष्ट स्थापना गरि सकिएको छ । नेपाल सरकारले नेपाल र छिमेकी देशका सिमानाहरुमा १ सय १४ वटा वोडर आउट पोष्ट स्थापना गर्ने निर्णय गरे संगै जिल्लामा यस वर्ष तीन वटा पोष्ट थप गरिएको शशस्त्र प्रहरी वल नम्बर १७ गण चितवनका प्रमुख शशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापाले जानकारी दिनुभयो ।

यहाँ शशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको टोली सिमा रक्षाका लागि बस्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा पर्ने ८८ किलोमिटर सिमाना मध्ये सबै माडी नगरपालिकामा पर्दछ । अहिले स्थापना भएका ६ वटा पोष्टका लागि प्रति पोष्ट १४ दशमलब ५ किलोमिटर क्षेत्रफल रक्षाका लागि पर्ने थापाको भनाई छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer