त्रिशुली दुर्घटना अपडेट : बेपत्ता तीन मध्य २ जनाको शव फेला

चितवनः प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुलीमा खस्दा बेपत्ता भएका तीन मध्य २ जनाको शव फेला परेको छ ।

बेपत्ता भएका मध्य चालक प्युठानको झिम्रुक गाउँपालीका वडा नम्बर १ का २३ वर्षीय सुर्य केसी र भ्यानमा सवार सोही स्थानकी३३ वर्षीया जमुना रोको शव फेला परेको हो । दुबै जनाको शव भ्यान भित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेपत्ता बिरामी १५ वर्षीया जिनिसा रोकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान आज बिहान ५:३० बजे
इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलास्थित सडकबाट करिब ६० मिटर तल त्रिशुलीमा खसेको हो ।

दुर्घटनामा परी प्युठान घर भएका ३८ वर्षिय मुकुन्द वहादुर रोका घाइते भएका छन् । घाइतेको उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer