काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । देशभर पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्य १ लाख ६२ हजार २४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । यस्तै अहिलेसम्म ११७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।






