काठमाडौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालय बैठक बोलाउनु भएको छ ।
स्रोतअनुसार अध्यक्ष दाहालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजे सचिवालय बैठक वोलाउनुभएको हो । सचिवालय बैठक बोलाउनुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा निकट नेताहरूले बिहान प्रचण्डलाई भेटेका थिए । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेका थिए ।
ओली पक्षका नेताहरूलाई भेटेपछि प्रचण्डले बोलाएको सचिवालय बैठक महत्वका साथ हेरिएको छ ।